मेलम्ची । पहिरो पुर्व सुचना प्रणाली परियोजना अन्तर्गत अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण सम्बन्धि तालिम मेलम्चीमा सम्पन्न भएको छ ।
कार्यक्रममा मेलम्ची नगरपालिका,हेलम्बु गाउँपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाका विपद फोकल पर्सनहरुको उपस्तिथि रहेको थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाको तर्फबाट सुजन दुलाल,हेलम्बु गाउँपालिका बाट हरिबहादुर श्रेष्ठ,पाँचपोखरी थाङपाल गाउँपालिकाको तर्फबाट नारायण क्षेत्री लगायतले आफ्नो पालिकाले विपदको क्षेत्रमा गरेका कामहरुको बारेमा जानकारी गराउनुभयो ।
तालिममा अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरणका लागी स्थानीयतहमा आवधिक योजना बनाउदा यो सम्बन्धी क्रियाकलाप हरु समावेश गर्नका लागी छ्लफल भएको थियो । आगामी दिनमा आइपर्ने विपत्तिहरुमा अपाङ्गता भएका ब्यक्तिहरुको जिउधन रक्षाका लागी टेवा पुर्याउन सकियोस् भन्ने तालिमको मुख्य उदेश्य रहेको पहिरो पुर्व सुचना प्रणालीका परियोजना संयोजक राजेश गौतमले जानकारी दिनुभयो ।


तालिममा परियोजना संयोजक गौतमले कार्यक्रमको उदेश्यबारे प्रष्ट पार्दै मानवीय जिउधन र समुदाय स्तरमा सचेतना फैलाउने उदेश्यले कार्यक्रम गरिएको बताउनुभयो । कार्यक्रममा पाक्टिकल एक्सनका परियोजना ब्यबस्थापक विना खड्काले समयमै सूचना दिएर ज्यान बचाउनु नै मुख्य उदेश्य रहेको बताउनुभयो । उहाँले जल तथा मौषम विभाग संग मिलेर काम गर्ने भएकाले सिकाइ उपलब्धी अझै राम्रो हुने बताउनुभयो । महिला बालबालिका तथा अपाङ्गता भएका ब्यक्तिहरु लाई समेत विपदका बेला कसरी सुरक्षीत गर्न सकिन्छ भनेर कार्यक्रममा छलफल गरिने खड्काले जानकारी दिनुभयो । कार्यक्रममा हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले संस्था संग समन्वय गर्दै गरिएको कामले स्थानीय तहलाई फाइदा पुगेको बताउनुभयो । आगामी दिनमा पनि निति नियम बनाउदै अगाडि बढ्ने कुरामा संस्थाको सहयोग रहने अपेक्षा गर्नुभयो । कार्यक्रममा सामुदायिक विकास तथा वातावरण संरक्षण मंचका अध्यक्ष रामजी थापाले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो । आगामी दिनमा विपद बाट हुने क्षति न्यूनीकरणका लागी तालिम फलदायी हुने बिश्वास व्यक्त गर्नुभयो । तालिममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्माण गरेका अपाङ्गता समावेशी विपद जोखिम न्यूनीकरण स्रोत पुस्तिकामा भएका ऐन तथा कानुनका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा सामुदायिक विकास तथा वातावरण संरक्षण मंचका उपाध्यक्ष ईश्वरी अधिकारी,कार्यकारी निर्देशक गोविन्द सापकोटा,बिपद फोकल पर्सन इच्छाराम सापकोटा,मेलम्ची नगरपालिकाका महिला बालबालिका शाखाका राजेन्द्र दुलाल लगायतको उपस्थिति रहेको बाढिमा आधारित पुर्व सुचना प्रणाली परियोजनाका हेलम्बु प्रतिनिधि श्यामसुन्दर लामिछानेले जानकारी दिनुभयो ।
तालिमको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलया विपद तथा वातावरण शाखाका शाखा अधिकृत सन्तोष खत्री,अतुल्य फाउन्डेसनका पल्लब पन्त लगायतले सहजीकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय