सिन्धुपाल्चोक । छैटौँ संस्करणको पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिताको पाँचौँ दिन पाँचपोखरी हिमालयन क्रिकेट क्लब र मेलम्ची नगरपालिका विजयी भएका छन् । बुधबार भएको पहिलो खेलमा पाँचपोखरी हिमालयन क्रिकेट क्लबले टस जितेर बलिङ रोजेपछि गतबर्षको विजेता ह्योल्मो ११ ले १८.३ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन बनाएको थियो । उसको लागि बिनोद तामाङले सर्वाधिक ४३ रन बनाएका थिए । पाँचपोखरी हिमालयन क्रिकेट क्लबका कर्मा तामाङ एक्लैले ४ ओभरमा १ मेडन ओभर गर्दै २१ रन खर्चिर्दै ह्याट्रिक सहित ५ विकेट चड्काएका थिए । १२३ रनको लक्ष्यसहित जवाफी व्याटिङ गरेको पाँचपोखरी हिमालयनले १७.२ ओभरमा मात्र २ विकेटको क्षतिमा विजयी लक्ष्य भेट्टाएको थियो । खेलको प्लेयर अफ द म्याच कर्मा तामाङ घोषित भए ।
बुधबार नै भएको दोश्रो खेलमा टस जितेर व्याटिङ रोजेको द माइटी साँगाचोकले १९ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९९ रन बनाएपछि मेलम्ची नगरपालिकाले १०० रनको विजयी लक्ष्य पाएको थियो । मेलम्चीको लागि सोनु देवकोटा र रेन्जिन लामाले समान ३/३ विकेट हात पारेका थिए । जवाफी व्याटिङ गरेको मेलम्चीले १३ ओभरमा ५ विकेट गुमाउँदै उक्त लक्ष्य भेट्टाएको थियो । द माइटी साँगाचोकका लागि मनिष पराजुलिले २ विकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच मेलम्ची का क्याप्टेन रेन्जिन लामा भए । उनले खेलमा ३ विकेट लिनुका साथै ४४ रनको महत्वपुर्ण इनिङस् खेलेका थिए । यो संगै मेलम्चीले लगातार दोश्रो जित दर्ता गरेको छ ।

पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता फागुन १९ गते शनिबार सम्म जारी रहनेछ । प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले ५० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् । प्रतियोगितोको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, उत्कृष्ट बलर र उत्कृष्ट अलराउन्डरलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ । साथै, ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिसिए) ले सर्वोत्कृष्ट खेलाडीलाई एक वर्ष र उत्कृष्ट बलर एवं उत्कृष्ट ब्याटरलाई ६ महिना निःशुल्क क्रिकेट प्रशिक्षण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय