![](https://subhatime.com/wp-content/uploads/2024/02/received_1327186917964903-scaled.jpeg)
काठमाडौ । काठमाडौँको महाङ्कालमा अवस्थित अरुणिमा शिक्षा सदन मा.वि.ले विभिन्न सांस्कृतिक तथा सांगितिक कार्यक्रम गरेर अभिभावक दिवस – २०८० भव्य रुपमा मनाएको छ । “सर्वाङ्गीण व्यक्तित्व विकासका लागि शिक्षा” नारा सहित स्थापना भएको अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत सञ्चालित अरुणिमा शिक्षा सदन मा.वि.को अभिभावक दिवस प्रा.डा. ध्रुव कुमार घिमिरेको प्रमुख आथित्यमा भएको उक्त कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार, गुठियार, सञ्चालक समितिका पदाधिकारीहरु, विद्यालयका प्रिन्सिपल, बुद्धिजिवी, शिक्षाप्रेमी, अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थितिमा विद्यालयको आफ्नै प्राङ्गणमा सम्पन्न गरेको छ ।
![](https://subhatime.com/wp-content/uploads/2024/02/received_1312727966258055-1024x683.jpeg)
विद्यार्थीहरुको विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरुले भरिपूर्ण रहेको उक्त कार्यक्रममा विद्यालय अभिभावक शिक्षक संघका अध्यक्ष श्री रेवति रमण ढकालले अरुणिमा शिक्षा सदन मा.वि. उत्कृष्ट विद्यालय रहेको बताउदै अभिभावकहरुले विद्यालयले बोलाएका प्रत्येक भेलाहरुमा अभिभावक अनिवार्य उपस्थित भइदिनु पर्ने बताउनुभयो ।
कार्यक्रमको अवसरमा विद्यालयका प्रधानाध्यापक शोभा खनालले वर्षभरी विद्यालयमा भएका शैक्षिक गतिविधि, सहक्रियाकलाप र अतिरिक्त क्रियाकलापसँग सम्बन्धित वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।
![](https://subhatime.com/wp-content/uploads/2024/02/received_1112937166558406-1024x683.jpeg)
प्रमुख अतिथि प्रा.डा. ध्रुव कुमार घिमिरेले प्रतिष्ठानका गुठियारको सम्पूर्ण, निर्देशन र शिक्षक कर्मचारीको समर्पणका कारण अरुणिमा शिक्षा सदन मा.वि. सफल बन्दै गएको बताउदै अभिभावकले विद्यालयमा आयोजित प्रत्येक भेलामा उपस्थित भई बाबुनानीका गतिविधिलाई बुझ्नु पर्ने बताउनुभएको थियो ।
![](https://subhatime.com/wp-content/uploads/2024/02/received_1095629468150113-1024x683.jpeg)
अरुणिमा शैक्षिक प्रतिष्ठानका अध्यक्ष भिमानन्द ढुङ्गानाले विद्यालयकी प्रिन्सिपल शोभा खनालको कु्शल नेतृत्व र शिक्षक कर्मचारीहरुको समर्पणका कारण विद्यालयको निरन्तर बढोत्तरी हुँदै गएको कुरा बताउनु भयो ।
कार्यक्रममा अध्यक्षता गरिरहनु भएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बटु प्रसाद न्यौपानेले सबैको सामूहिक प्रयत्नका कारण विद्यालयले प्रगति गर्दै गएको र पुरुष अभिभावकको सहभागिता बढ्नु पर्ने कुरा आंैल्याउनुभयो ।
उक्त कार्यक्रमको संचालन विद्यालयका शैक्षिक प्रमुख श्री राम कृष्ण पुडासैनी र कक्षा ९ मा अध्ययनरत विद्यार्थीद्धय विवस जिसी र प्रतिष्ठा कोइरालाले संयुक्त रुपमा गर्नु भएको थियो ।