काठमाडौं । सुप्रसिद्ध गायक गायिका उदित नारायण झा र दीपा झाको स्वरमा नयाँ नेपाली युगल गीतको सुटिङ सम्पन्न भएको छ । लामो समयको अन्तरालपछि उदित र दीपाको स्वरमा ‘थाहा छैन आज भोलि’ बोलको प्रेमिल गीत आउन लागेको हो ।
उक्त गीतका गीतकार सरला श्रेष्ठ रहेकी छन् भने अहिलेका व्यस्त संगीतकार लक्ष्मण पोखरेलले संगीत भरेका छन् । मनोज चौलागाईंको संगीत संयोजन, किशोर थापाको ध्वनि सम्पादन रहेको गीतको भिडियोलाई चर्चित निर्देशक सुव्रत आचार्यले निर्देशन गरेका छन् । नायिका श्रद्धा क्षत्री, विजु पार्की, आनन्द सिंहले अभिनय गरेको भिडियोको सिनोमाटोग्राफर अहिलेका व्यस्त छायाँकार उत्सव दाहाल रहेका छन् । क्रियटिभ निर्देशकको जिम्मा जया शर्माले गरेकी छन् ।
नयाँ नेपाली गीत नेपाली दर्शक स्रोताहरुलाई सुम्पिन आउन पाउँदा खुसी लागेको गायक उदित र गायिका दीपाले मध्यान्हलाई बताए । नेपाली दर्शक स्रोताहरुले दिँदै आएको माया यस गीतमार्फत पनि पाउनेमा आफूहरु विश्वस्त रहेको झा दम्पत्तीले बताए ।
लामो समयपछि सुप्रसिद्ध गायक गायिकाको जोडीसँग सहकार्य गर्न पाउँदा निकै खुसी लागेको संगीतकार लक्ष्मण पोखरेलले बताए । ‘यो मेरो लागि एउटा अवसर, चुनौती र यादगर क्षणमध्येको एक हो । यसका लागि उदित सर, दीपा दिदी, गीतकार सरला श्रेष्ठप्रति आभार व्यक्त गर्न चाहन्छु,’ पोखरेलले भने ।

गीतकार सरला श्रेष्ठ पनि उदित र दीपाको स्वरमा गीत दर्शक स्रोतामाझ ल्याउन पाउँदा निकै उत्साहित र खुसी लागेको बताउँछिन् । उनले भनिन्, ‘गीत राम्रो बनेको छ, आशा छ सबैले गीतलाई मन पराउनु हुन्छ ।’

 उदित र दीपाको स्वरमा रहेको एउटा निकै नै मिठो गीतम सहकार्य गर्न पाउँदा उक्तिकै उत्साहित भएको निर्देशक सुव्रत आचार्यले बताए । गीतको सुटिङ देशको विभिन्न रमणीय स्थानहरुमा भएको र गीत अनुसारको भिडियो निर्माण भएको निर्देशक आचार्यले बताए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय