काठमाडौँ । आसन्न १५औँ राष्ट्रिय बालनाटक महोत्सव(२०८० को आयोजना हुने भएको छ । आयोजनाको मिति र छानिएका नाटकहरूको अन्तिम सूचि आगामी माघ ७ गते सार्वजनिक गर्ने थिएटरले जनाएको छ ।

१५औँ राष्ट्रिय बालनाटक महोत्सव २०८० का लागी सहभागी हुन ईच्छुक व्यक्ति तथा संस्थाहरूले आलेख सहित दर्ता निवेदन बुझाउने मिति गत पुष २८ गतेसम्म रहेको थियो । उक्त अवधिमा विभिन्न क्षेत्रबाट आलेखहरू प्राप्त भएको थिएटरले जनाएको छ ।

आलेख छनौट समितिले दर्ता भएका नाटकहरुको अध्ययन तथा छनौट प्रक्रिया अहिलेसम्म पनि जारी राखेको छ । साथै दर्ता भएका संस्थाहरुले समेत केही प्रक्रिया सम्पादन गर्न अत्यावश्यक परेको जनाएको छ ।

जसको लागि थिएटरले करिव एक हप्ता समय थप गरिएको जनाएको छ । त्यस्का लागि आगामी ७ गते नाटकको मिति र छनोट समितिले अन्तिम छनोट भईका नाटकहरू समावेश गर्ने जनाएको छ ।

छानिएका नाटकहरूको अन्तिम सूचि र महोत्सव आयोजना हुने मिति आगामी माघ ७ गते आईतबार बेलुकी ६ बजे प्रकाशन गरिने थिएटरले एक सुचना जारी गर्दै जानकारी दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय