सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले साँस्कृतिक कार्यक्रमहरुले भाईचारा र बन्धुत्वको सम्बन्धलाई बिस्तार गर्न महत्वपूणर् भुमिका खेल्ने बताउनुभयो । सोमबार मेलम्ची नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोग र लोकेश्वरी मेला ब्यबस्थापन समिती मेलम्ची ३ हैबुङ्कको आयोजनामा भएको लोकेश्वरी महादेवस्थान मेला तथा बृहत साँस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै सो कुरा बाताउनुभएको हो ।

उप प्रमुख प्रधानले यस्ता कार्यक्रमहरुले आफ्ना भाइ बैहिनी दाजुभाइ को भेटघाट हुने र संस्कार संस्कृती सम्र्बद्धन गर्न समेत मद्दत गर्ने बताउनुभयो ।
उहाँले पुराना ईतिहास बोकेको मठमन्दिर हरुको जगेर्ना गर्न नगरपालिका सँधै साथमा रहेको बताउनुभयो । कार्यक्रम स्थलमा सार्वजनिक शौचालय र खानेपानी को अभाव देखिएकोले त्यसको ब्यबस्थापनमा नगरपालिका र वडाले यथा शिघ्र सहयोग गर्ने समेत बताउनुभयो ।

प्रमुख अतिथी प्रधानले यो वडा भित्रका सडक तथा पुर्वाधार हरु केही बनी सकेका छन भने केही बन्ने चरणमा निर्माणाधिन अबस्थामा रहेको र निर्माण गर्न बाँकी कुरालाई यथा शिघ्र सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन समेत गर्नुभयो ।
कार्यक्रम लोकेश्स्वरी मेला ब्यबस्थापन मुल समितिका अध्यक्ष सुशील तामाङ्को अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय