सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका वडा नम्बर-२ कोलामामा बन्न लागेको नुर्बु छ्योलिङ्ग गुम्बाको शिलान्यास भएको छ ।

बिहीबार आज एक समारोहबीच बागमती प्रदेश सभा सदस्य एवम् नेपाली काँग्रेस संसदीय दलका सचिव कृष्ण कुमार तामाङ ९समिर०ले शिलान्यास गर्नुभयो ।

०७२ सालको भूकम्पले गुम्बाको भौतिक संरचनामा क्षति भएको थियो । भूकम्पले क्षतविक्षत बनाएको गुम्बा पुननिर्माण हुन सकेको थिएन ।

प्रदेश सभा सदस्य तामाङ निर्वाचित भएर गएपश्चात् उनकै पहलमा वागमती प्रदेश सरकारको बजेटमा गुम्बा पुननिर्माणको सुरुवात भएको हो ।

समारोहमा बोल्दै तामाङले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि अहोरात्र खटेको बताए । उनले आफ्नो ठाउँको विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

फरक प्रसंगमा बोल्दै तामाङले युवा नेतृत्वको आवश्यकता रहेको बताए । उनले हेलम्बुबाटै अब युवा नेतृत्व उदाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वडाअध्यक्ष पेम्बा लामा,गुम्वाका प्रमुख लामा,गुम्वा ब्यबस्थापन समितिका सदस्यहरु स्थानीयहरुको उपस्थिति रहेको प्रदेश सभा सदस्यका स्वकीय सचिव विशाल राउतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय