मेलम्ची । मेलम्ची नगरपालिकामा मानव बेचबिखन विरुद्धको सत्रांै राष्ट्रिय दिवसको अवसरमा सरोकारवाला र प्रभावित बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सामाजिक न्याय र आर्थिक सशक्तीकरण ःमानव बेचबिखनको निर्मुलन भन्ने नाराका साथ नगर प्रमुख आइतमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान उपप्रमुख भगवती नेपालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

शान्ति फाउण्डेसन,सुनिता फाउण्डेसन, महिला आत्म निर्भरता केन्द्र मांक र मेलम्ची नगरपालिकाको संयुक्त आयोजनामा भएको कार्यक्रममा नगर प्रमुख तामाङले संघ,प्रदेश,स्थानीय सरकार ,विभिन्न सरकारि तथा गैह्र सरकारि संस्था सबैले मानव बेचबिखनको विरुद्धको कार्यक्रम गरेपनि कमि नहुनु दुःखद भएको बताउनुभयो । उहाँले सतचेतनाको अभावले पनि यस्ता घटनाहरु घटिरहेको बताउँदै सामाजिक काममा सक्रिय हुन सहभागीहरुलाई आग्रह गर्नुभयो । उहाँले विभिन्न कार्यक्रममा सहभागी भएर पनि धेरै ज्ञान हासिल गर्न सकिने भएकोले आफ्नो कामसँगसँगै सामाजिक बन्न समेत सुझाउनुभयो ।

नगर प्रमुख तामाङले विपन्न वर्गको जिविकोपार्जनमा सहज होस् भन्ने उद्धेश्यले नगरपालिकाले १ लाख बराबरको अनुदान दिएको बताउनुभयो । यो संगै नगरपालिकाले विपन्न बर्गको लागी सिपमुलक कार्यक्रम आयोजना गर्ने बताउँदै सक्रिय भएर तालिममा सहभागी हुन र जीवनयापनलाइ सहज बनाउन सुझाव दिनुभयो । कार्यक्रममा मांककी अध्यक्ष सञ्चमाया स्याङ्बोले नागरिक हरुमा चेतनाको आवश्यकता रहेको बताउनुभयो । उहाँले समस्या जतिपनि छन ति समस्या समाधानका बारेमा पनि सम्बन्धित निकायले चासो दिनुपर्नेमा जोड दिनुभयो ।

पिछडिएका ,बिपन्न बर्ग,बालबालिका भनेर केहि सहयोग गरेको फोटो सामाजिक संजालमा हाल्न नहुने भन्दै उहाँले यस्ता तस्वीरहरुले पिडितहरुलाई गिरोहरुले सजिलै पुग्ने मौका पाउने बताउनुभयो । वडा वडा,बस्ती बस्तिमा कानुनी सचेतनाको कार्यक्रम गरेर जागरुक बनाउन पर्ने उहाँको जोड थियो ।

कार्यक्रममा टर्कि पठाउँने भन्दै ठगिको शिकार हुनुभएको दिपकविक्रम देउजाले आफ्नो अनुभव सुनाउँदै श्रम स्विकृति नलिई वैदेशकि रोजगारीमा नजानका लागी आग्रह गर्नुभयो । कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत निमेश मिश्र,वडा नम्बर १० र ११का वडा अध्यक्ष द्धय अमृत खनाल र चन्द्रबहादुर तामाङ लगायतको उपस्थिति रहेको सुनिता फाउण्डेसनकी जिल्ला अधिकृत संगिता नेपालीले जानकारी दिनुभयो । कार्यक्रमको राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले सहजिकरण गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय