काठमाडौँ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको ‘केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ । 

काभ्रेको धुलिखेलमा श्रावण ३१ गते बाट सुरु भएको ‘प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ शनिवार सम्पन्न भएको हो । 

मुक्ति समाजको केन्द्रीय स्कुल विभागद्वारा आयोजना गरिएको सो कार्यक्रममा मुक्ति समाजका केन्द्रीय पदाधिकारी,स्थायी कमिटी सदस्य, सचिवालय , केन्द्रीय सदस्य र प्रदेश अध्यक्ष सहित ४५ जनाको सहभागिता रहेको थियो ।

४ दिने केन्द्रीय प्रशिक्षण कार्यक्रममा प्रशिक्षकका रुपमा नेकपा एमालेका महासचिव शङ्कर पोखरेल,उपमहासचिव प्रदीप ज्ञवाली,सङ्गठनका अध्यक्ष मनोहर विश्वकर्मा पौडेल,सङ्गठनका महासचिव, खेम नेपाली, सचिव सोमनाथ पोर्तेल, नरेश विश्वकर्मा, पार्टी स्थायी कमिटी सदस्य, भानुभक्त ढकाल,काशी अधिकारी, अग्नि खरेल, डा.पुष्पराज कँडेल, पोलिटब्युरो सदस्य, ईश्वरी रिजनलसहित नेकपा एमालेका अधिकांश नेता सहभागी भएका थिए ।

कार्यक्रमको अध्यक्षता स्कुल विभागका प्रमुख सोमनाथ पोर्तेलले गर्नुभएको थियो भने प्रमुख आतिथ्यता मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय