काठमाडौँ । फिफा महिला विश्वकप फुटबल २०२३ मा आज चार खेल हुँदैछन् ।

आज समूह ‘डी’ मा रहेका अर्जेन्टिना र स्वीडेन तथा दक्षिण अफ्रिका र इटालीबीच प्रतिस्पर्धा हुँदैछ । यी दुवै खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे सुरु हुनेछन् ।

यस्तै, समूह ‘एफ’ अन्तर्गत अपराह्न पौने ४ मा पानमा र फ्रान्स तथा जमैका र ब्राजिल खेल्ने छन् ।

यसअघि, मङ्गलवार भएको खेलमा इंग्ल्याण्ड, डेनमार्क, अमेरिका र नेदरल्याण्ड्स अन्तिम १६ मा प्रवेश गरेका छन् ।

३२ राष्ट्र सहभागी महिला विश्वकप फुटबलमा आठ वटा समूहबाट दुई दुई वटाका दरले १६ देश नकआउट चरणमा पुग्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय