काठमाडाैँ । यतिबेला नेपालमा अवार्डको मौषम जोडतोडले सुरु भएको छ । फिल्म अवार्डदेखि भिडियो अवार्डसम्म अहिले धमाधम आयोजना भइरहेका छन ।

नेपालसँगै विदेशी भूमिमा अवार्ड हुने क्रम पनि ह्वात्तै बढेको छ । यसैबीच, ग्रेट नटराज फिल्मस् प्रा.लि. र ह्यापी पाठक इन्टरटेनमेन्ट प्रा.लि. को संयुक्त को आयोजनामा स्टार म्युजिक भिडीयो अवार्ड को दोस्रो संस्करण क्यानडामा हुने भएको छ ।

अवार्डमा नेपालबाट ५० जना बढी कलाकार, प्राविधिक, पत्रकारको टोलीको सहभागीता रहने ग्रेट नटराज फिल्मस् प्रा.लिका प्रबन्ध निर्देशक अशोक बि.क.ले जानकारी दिनुभएको छ ।

विभिन्न विधाका अग्रज र अनुज श्रष्टालाई अवार्ड र सम्मान प्रदान गरीने उक्त अवार्डको प्रथम संस्करण गत जेठमा राजधानीमा भव्यताका साथ सम्पन्न भएको थियो जसमा १५० बढी म्युजिक भिडीयोसंग सम्बन्धित कलाकर्मीलाई अवार्ड प्रदान गरीएको थियो ।

मदन गजमेर संयोजक ,प्रशान्त कुमार आग्री व्यवस्थापक रहेको अवार्ड आयोजक समितीमा केशब कार्र्की, रमेश थापा, गोपाल थापा र दिपासा बि.सी. को सदस्य रहेका छन । क्यानडामा हुने स्टार म्युजिक भिडीयो अवार्ड २०२३ को रु १००० दर्ता शुल्क सहित आवेदन खुल्ला गरी सकिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय