Site icon Subhatime

तेर्से सामुदाकिय कृषि सहकारी संस्था लि. को ११ औं साधारणसभा सम्पन्न

कृष्ण ढुङ्गाना \ मलेम्ची नगरपालिका ६, तालामाराङ स्थित तेर्से सामुदायिक कृषि सहकारी संस्था लि. को ११ औं साधारणसभा सहकारी अभियन्ता श्री बालकृष्ण देउजाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भएको छ । ७६३ शेयर सदस्य रहेको संस्थाको आ.व. २०७८।०७९ मा कूल पूँजी तथा दायित्व ४७ लाख १४ हजार ९०८ रुपैयाँ रहेको छ भने खुद नाफा २ लाख ५६ हजार ७९६ रुपैयाँ रहेको छ ।

साधारण सभामा सहकारीको गतिबिधि सहितको आर्थिक प्रतिवेदन संस्थाका अध्यक्ष सुनिता पराजुलीले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी एवं सहकारी अभियन्ता बालकृष्ण देउजाले सहकारीले किसानहरुको आयस्तर बृद्धिका लागि गरिरहेको प्रयास प्रशंसनीय रहेको उल्लेख गर्दै थप नयाँ कार्ययोजना सहित कृषकलाई धनी बनाउने गरी कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।

सहकारी संस्थाले वडास्तरमा रासायनिक मल, बिऊबिजन, कृषि औजार लगायत किसानलाई लक्षित गरि आफ्नो गतिबिधि सञ्चालन गरीरहेको छ ।

तेर्से मा.वि.को प्राङ्गणमा भएको उक्त साधारणसभा संस्थाका अध्यक्ष सुनिता पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो ।

Exit mobile version