Site icon Subhatime

पोखरे भञ्ज्याङ् साना किसान कृषि सहकारीको सातौं वार्षिक साधारण सभा सम्पन्न

पोखरे भञ्ज्याङ् साना किसान कृषि सहकारीको सातौं वार्षिक साधारण सभा तथा चौँथो अधिवेशन आज सम्पन्न भएको छ । साधारण सभाको मेलम्ची नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष पासाङ तामाङले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै अध्यक्ष तामाङले सहकारीको माध्यमबाट वडाले कृषि क्षेत्रको विकास गर्ने योजना रहेको बताउनुभयो ।उहाँले पोखरे भञ्ज्याङ् साना किसान कृषि सहकारी निकै नै सम्भावना बोकेकाले एउटा नमुना सहकारीको रूपमा विकास गर्दै जानुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा विशेष अतिथि वडा नम्बर ७ का निवर्तमान वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले साना किसानको लक्ष्य भनेकै किसानको हितका लागि काम गर्ने भएकाले त्यसै अनुसार काम गर्न सुझाव दिनुभयो । उहाँले किसानहरूलाई पनि सहकारी बाट ऋण लिएर उत्पादन मूलक क्षेत्रमा लगानी गरी ब्यबशायिक किसान बन्न आग्रह गर्नुभयो ।

५२७ शेयर सदस्य रहेको सहकारीले उत्कृष्ट बाल बचत कर्तामा नयन गिरि र संयोग तामाङ लाई सम्मान गरेको छ त्यस्तै उत्कृष्ट ऋणीमा लक्ष्मी गिरि र नबिना श्रेष्ठ लाई सम्मान गरेको छ भने उत्कृष्ट बचत कर्तामा कृष्णलाल श्रेष्ठ र अनिल गिरि सम्मान गरेको छ ।

त्यस्तै सहकारीले उत्कृष्ट प्रबन्धकमा श्रीकृष्ण श्रेष्ठ लाई सम्मान गरिएको संस्थाका व्यवस्थापक राजन श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा विष्णुलक्ष्मी कृषि सहकारीका व्यवस्थापक रामचन्द्र गिरी , दुवाचौर सामुदायिक कृषि सहकारीका अध्यक्ष अर्जुन गिरी र बजार व्यवस्थापन समितिका अध्यक्ष राजुलाल श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Exit mobile version