सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका ७ दुवाचौरमा ६ वर्षदेखि अवैध रूपमा सञ्चालनमा रहेको दुई फार्मेसीमा मेलम्ची नगरपालिकाले ताला लगाएको छ । मेलम्ची नगरपालिकी उपप्रमुख उमा प्रधानको बजार अनुगमन टोलीले बिहीबार फार्मेसीमा ताला लगाएको हो ।  

मेलम्ची नगरपालिका वडा नम्बर ७ का विष्णु गिरी र अनिल गरीले ६ वर्षदेखि अवैध रूपमा फार्मेसी सञ्चालन गर्दै आइरहेका थिए । बजार अनुगमनको टोली आउँदा सटर बन्द गरेर लुक्ने गरेका सञ्चालकको फार्मेसीमा आज नगरपालिकाले ताला लगाएको हो । 

पटक पटक कानुनी दायरामा आउनलाई आग्रह गरे पनि नगरपालिकाको आग्रहलाई अस्वीकार गरेका कारण फार्मेसी बन्द भएको बजार अनुगमन टोलीका संयोजक एवम् मेलम्ची नगरपालिका ९ का वडा अध्यक्ष किरणदिप खड्काले जानकारी दिनुभयो । ‘बिना व्यवसाय दर्ता  सञ्चालनमा रहेको हस्पिटललाई हामीले पोहोरै पत्राचार गरेर ताकेता गर्दा पनि व्यवसाय दर्ता नगरेपछि हामीले सिल गरेका हौँ’,उहाँले भन्नुभयो ।  

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय