सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाका नवनिर्वाचित प्रमुख कृष्णप्रसाद सापकोटाले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ ।

जिल्ला न्यायाधीश चन्द्रप्रकाश तिवारीले एकसाथ जिल्लाका बाह्रै तहका प्रमुख र अध्यक्षलाई पद तथा गोपनियताको सपथ गराउनुभएसँगै सापकोटाले पदभार ग्रहण गर्नुभएको हो ।

जिम्मेवारी सम्हाले लगत्तै प्रमुख सापकोटाले नगरवासीको स्वास्थ्य बिमा गर्ने नीतिगत निर्णय गर्नुभएको छ । नयाँ आर्थिक वर्षदेखि यसलाई अभियानकै रुपमा सञ्चालन गरिने नगरका प्रमुख प्रशासकीय अधिकृत फडिन्द्रप्रसाद पौड्यालले जानकारी दिनुभयो। ‘आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य बिमा अभियानलाई समेटेर बजेट व्यवस्था गर्छौँ,’ उहाँले भन्नुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय