काठमाडौँ। इन्द्रावती गाउँपालिका काठमाडौँ सम्पर्क मञ्च,निर्वाचन परिचालन कमिटीले स्थानीय तह निर्वाचनमा इन्द्रावती गाउँपालिकामा नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।

आज कपन पार्टी प्यालेसमा इन्द्रावती गाउँपालिका काठमाडौँ सम्पर्क मञ्च,निर्वाचन परिचालन कमिटीले निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ हुनुहुन्थ्यो । त्यस्तै विशेष अतिथि नेकपा एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डित हुनुहुन्थ्यो । कार्यक्रममा एमालेबाट इन्द्रावती गाउँपालिकामा निर्वाचित अध्यक्ष झम्क नेपाल,उपाध्यक्ष शोभना तामाङ,वडाध्यक्षहरू चिन लाल तामाङ,भीमसेन थापा,शशिनाथ आचार्य,बाबुराम लामा एवं निर्वाचित वडा सदस्यहरूको उपस्थिति रहेको थियो । जिल्ला प्रदेशका नेता शिवहरि सापकोटा डाल बहादुर सापकोटा,विष्णुमणि आचार्य,चन्द्र थिङ लगायत नेताहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शेरबहादुर तामाङले निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई एवं शुभकामना दिनुभयो । त्यस्तै कार्यक्रममा बोल्दै इन्द्रावती गाउँपालिका अध्यक्ष झम्क नेपालले आफूले भ्रष्टाचार नगर्ने र अरूले गरे पनि नझाड्ने बताउनुभयो । उहाँले भन्नुभयो ‘ मैले इन्द्रावती गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत,पालिकाका कर्मचारी र विपक्षी दलका नेताहरूलाई राखेर भ्रष्टाचार गर्दिन र भ्रष्टाचार गर्नेलाई छाड्दिन भनेको छु’,उहाँले भन्नुभयो । उहाँले इन्द्रावती गाउँपालिकामा झम्क नेपालको कारणले चुनाव नजितेको जिकिर गर्नुभयो । ‘इन्द्रावती गाउँपालिकामा झम्क नेपालको कारणले शोभना तामाङको कारण कुनै पनि वडाध्यक्ष ,वडा सदस्यको कारणले चुनाव जितेको होइन । यो जित त नेकपा एमालेको कारणले भएको हो’,उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय