सिन्धुपाल्चोक । नेकपा एमालेबाट पाँचपोखरी थाङपाल गाउँपालिकामा नेकपा एमालेबाट बिजयी भएका उम्मेदवार तथा कार्यकर्ताहरुले पालिका कार्यालय परिसर सरसफाई गरेका छन ।पाँचपोखरी थाङपाल गाउपालिकाका नब निर्बाचित अध्यक्ष टासी लामाको नेतृत्वमा उपाध्यक्ष सुनिता अधिकारी वडा अध्यक्षहरु,पालिका कमिटिका ईन्चार्ज निर्मल बन्जारा, अध्यक्ष दोर्जे लामा,उपाध्यक्ष दोकदोक तामाङ लगायत जनप्रतिनिधिहरु र कर्याकर्ताहरुले सामुहिक रुपमा पालिका परिसर सफा गरिएको जिल्ला कमिटि सचिबालय सदस्य एबं निर्बाचन परिचालन कमिटिका संयोजक निर्मल बन्जाराले बताउनु भयो ।
स्मरण रहोस,नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनका बाबजुद आज बिहान सम्पन्न मत गणना अनुसार पालिका अध्यक्ष टासी लामा,उपाध्यक्ष सुनिता अधिकारी लगायत ८ वडा मध्ये ६ वटा वडा अध्यक्ष सहित ३४ जना जनप्रतिनिधिहरु निर्बाचित भएका थिए ।

सो बिर्बाचनमा गठबन्धनका अध्यक्ष उपाध्यक्षका उम्मेदवारहरुले भन्दा लामाको टोलिले १३०० भन्दा बढि मतान्तरले पराजित गरेको पालिका कमिटि अध्यक्ष दोर्जे लामाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय