काठमाडौँ । हालै सम्पन्न इन्द्रावती गाउँपालिको स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिधिहरुलाई नेकपा एमाले इन्द्रावती गाउँपालिका काठमाडौँ सम्पर्क मन्च निर्वाचन परिचालन कमिटीले बधाई एवं शुभकामना कार्यक्रम गर्ने भएको छ ।

इन्द्रावती गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष सहित निर्वाचित जनप्रतिनिधि र मतदाताहरुलाई इन्द्रावती गाउँपालिका काठमाडौँ सम्पर्क मन्च निर्वाचन परिचालन कमिटीले बधाई एवं शुभकामना कार्यक्रम गर्ने भएको हो । 

कपन पार्टी प्यालेसमा हुने कार्यक्रममा इन्द्रावती गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई सम्मान एवं शुभकामना दिने नेकपा एमाले इन्द्रावती गाउँपालिका काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष श्याममणि तिमल्सिनाले बताउनुभयो । कार्यक्रम शनिवार दिउँसो ११ बजे हुने अध्यक्ष तिमल्सिनाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय