सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ५,गुन्सामा भएको मत गणना दुई दिन देखि प्रभावित भएको छ ।

सो वडाको मत गणना गर्दा १२०३ मतको सिलबन्दी भई कर्मचारी र उम्मेदवारहरूले हस्ताक्षर गरेको तर मत पेटिका खोल्दा गर्दा ३ मत अर्थात् १२०० मात्र भेटिएको भन्दै गठबन्धनका उम्मेदवार र कार्यकर्ताहरूको दबाबमा परेर निर्वाचन आयोगले मत परिणाम सार्वजनिक नगरेको हो । तर मत गणना सुरु गर्दा उम्मेदवार लगायत सबै दलका प्रतिनिधिको हस्ताक्षर सहित सहमति थियो ।

वडा नम्बर ५ सम्मको मत गणना सकिँदा पालिका अध्यक्ष र उपाध्यक्षमा एमालेले फराकिलो मतान्तरका साथ अग्रता लिएको र सो वडाको मत गणना गर्दा नेकपा एमालेका उम्मेदवार काले गोले ९ मतले विजयी भएका थिए । लामो समयसम्म सो मत परिणाम घोषणा गर्न निर्वाचन आयोगले आनाकानी गरेको थियो ।

मत परिणामबाट पराजित भए पश्चात् गठबन्धनका उम्मेदवारले अध्यक्षका प्रत्याशी रवि थिङ र नेपाली काँग्रेसका स्थानीय नेता कालिका गोलेको नेतृत्वमा नेकपा एमाले वडा कमिटी अध्यक्ष ङेमा गोले ,माने जम्बो ,वडा नम्बर ६ का एमाले कार्यकर्ता रामशरण धिताल लगायत एमालेका अन्य कार्यकर्ता माथि अन्धाधुन्ध रूपमा आक्रमणमा उत्रिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय