Site icon Subhatime

इन्द्रावतीमा एमालेको विजय यात्रा : १ नम्बरको वडाध्यक्ष बने चिनलाल

सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेले विजय हासिल गरेको छ । हिजो सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवार चिनलाल तामाङले विजय हासिल गरेका हुन् ।

आज गरेको मतगणनामा नेकपा एमालेका उम्मेदवारले ६९७ मत प्राप्त गरेका थिए भने नेपाली कांग्रेस उम्मेदवारले ५३३
मत प्राप्त गरेका थिए । त्यस्तै माओवादी केन्द्रका उम्मेदवारले ३३५ मत प्राप्त गरेका छन । यो संगै नेकपा एमालेले इन्द्रावती १ मा प्यानलै विजय हासिल गरेको छ ।

Exit mobile version