रसुवा – रसुवामा उत्साहमय रुपमा मतदान भइरहेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी पश्चात शुक्रबार भइरहेकाे दोस्रो पटक स्थानीय तह निर्वाचनमा रसुवा उत्साहमय रुपमा मतदान भइरहेको हो । जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको कार्य सुरु भएको थियो ।  मतदान गर्न ७ बजे अघि देखि नै मतदाताहरु लाइनमा बसेका थिए । मतदान केन्द्रहरुमा बिहानैदेखि घुँइचो लागेको छ । 

ज्येष्ठ नागरिक, अशक्त, अपांगता लगायतका नागरिकहरूको पनि उत्साहजनक रुपमा मतदानमा सहभागी भएका छन् । जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा २५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन् । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली खटिएका छन् । 

जिल्लामा पाँचवटा गाउँपालिका रहेको छ । जसमा २७ वटा वडा रहेका छन् । जिल्लामा निर्वाचनका लागि १४५ पदका लागि ४६७ जना प्रतिस्पर्धामा छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय