सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचन आउँन दुई दिन बाकी हुँदा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा न- ९ भोटसिपामा नेपाली काङ्ग्रेसले राँगा काटेर मतदातालाई मासु वितरण गरेको छ । नेपाली कांग्रेसले मतदातालाई प्रलोभनमा पार्नका लागि रागा काटेर मासु वितरण गरेको हो ।

मौन अबधि सुरु भैसके पछि प्रचार प्रसारमा नहिडी कांग्रेसले गाउँ गाउँ पसेर मासु वितरण गरेको हो । कांग्रेसले उत्त वडामा प्रत्येक ब्यत्ती ब्यत्तिको मोबाइलमा रिचार्ज कार्ड,चुरोट खानेलाई चुरोट वितरण गरेको स्थानीय बताउँछन् ।

मतदाताहरुलाई धम्की दिई रुखमा भोट हाल्न लगाउने कांग्रेसले आफुहरुलाई प्रत्येक ब्यत्ती बराबर १० हजारका दरले दिने आश्वासन दिएको एक स्थानीय बताउँछन् । एक स्थानीयका अनुसार रुखमा भोट नहाले र आफुलाई हराएमा आफुले जे पनि गर्ने धम्की दिदै आएको उनले बताए । उत्त वडामा वडाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट छत्रलाल श्रेष्ठ उम्मेदवारी परेको छ । यसरी मौन अवधिमा मतदातालाई प्रलोभनमा पार्दै खुलेआम मासु वितरण गरिरहेका कांग्रेसका उम्मेदवारलाई आयोगले के गर्छ भन्ने कुरा हेर्न बाकी नै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय