सिन्धुपाल्चोक । शिक्षक आन्दोलनका कारण विद्यालयमा पढाइ बन्द भएपछि अनेरास्ववियु सिन्धुपाल्चोककोले ट्युसन कक्षा संचालन गर्ने भएको छ ।
विद्यार्थीले पढ्न पाउनु पर्छ भन्ने उदेश्य सहित जिल्लाको मेलम्ची , चौतारा र बार्हबिसेमा कक्षा संचालन गर्न लागिएको अनेरास्ववियु जिल्ला अध्यक्ष रविन तामाङले जानकारी दिनुभयो । कक्षा १-४, ५-७, ८-१० र ११ लाई म्याथ, साइन्स , इङ्लिस लगायत बिषय कक्षा १५ गतेबाट सन्चालन गरिने तामाङले बताउनुभयो ।