कागेश्वरी मनोहरा नगरपालिकामा युवाहरूलाई करिअर सम्बन्धी सही दिशा दिन वृत्ति मार्गनिर्देशन सेवा केन्द्र स्थापना गरिएको छ। आइतबार एक विशेष कार्यक्रमका बीच नगरप्रमुख उपेन्द्र कार्की ले केन्द्रको उद्घाटन गर्नुभयो।

नगरप्रमुख कार्कीले शिक्षा र स्वास्थ्य जहिल्यै आशाको स्रोत बन्ने बताउँदै, वृत्ति मार्गनिर्देशन सेवा एक नयाँ अभ्यास भएको र स्विस सरकार द्वारा युवाहरूलाई सक्षम बनाउन अपनाइएको प्रभावकारी विधि भएको उल्लेख गर्नुभयो। उहाँले यो परियोजनालाई व्यवस्थित रूपमा अघि बढाउन नगरपालिकाले पूर्ण प्रतिबद्धता जनाएको छ।

सेवा केन्द्रबाट के प्राप्त गर्न सकिन्छ?

कक्षा ८ देखि १२ सम्मका विद्यार्थी तथा अन्य युवाहरूलाई व्यक्तिगत तथा सामूहिक परामर्श प्रदान गरिनेछ।

मनोविज्ञानमा दक्ष परामर्शदाता तथा वृत्ति मार्गनिर्देशन सहजकर्ताहरू ले युवा तथा विद्यार्थीहरूलाई मार्गनिर्देशन गर्नेछन्।

डिजिटल प्लेटफर्ममार्फत योग्यता परीक्षण गरी रुचि, क्षमता तथा श्रम बजारको मागका आधारमा सम्भावित वृत्ति मार्ग पहिचान गरिनेछ।

शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख पुष्प ढकाल का अनुसार नेपालमा विद्यार्थीहरूमा प्रतिस्पर्धात्मक भावना बलियो भए पनि सही वृत्ति मार्ग पहिचान गर्न कठिनाइ हुने भएकाले यो सेवा प्रभावकारी हुने बताउनुभयो। साथै, उहाँले डिजिटलीकरण कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यस कार्यक्रमले कागेश्वरी मनोहरा नगरपालिकाका युवाहरूलाई सही करिअर रोज्न मद्दत गर्ने, रोजगारीको अवसर पहिचान गर्न सहयोग गर्ने तथा व्यावसायिक र व्यक्तिगत विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय