काठमाडौँ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रहरी कार्यालयमा समस्या लिएर आउने प्रत्येक नागरिकको समस्या गहन ढंगले बुझेर मिठो बोलिवचन गर्न निर्देशन दिनुभएको छ ।

सोमबार उपत्यकास्थित प्रहरी कार्यालयका प्रमुखहरुलाई जिल्ला प्रहरी परिसरमा सम्बोधन गर्नुहुँदै उहाँले सभ्य व्यवहारका साथ निष्पक्ष ढंगबाट छिटो छरितो सेवा प्रवाह गर्न निर्देशन दिनुभएको हो ।

प्रहरीको कार्यशैली, निर्णयहरु र व्यवहार समाजका नागरिकहरुले सहज रुपमा स्वीकार गर्न सक्ने किसिमको हुनुपर्ने बिषयमाथि जोड दिदै उहाँले नागरिक बिना वर्दीको प्रहरी र प्रहरी वर्दीसहितको नागरिक भएकाले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणमा नागरिकको साथ सहयोग लिएर कानुन बमोजिम प्रहरी काम-कारवाही गर्नका लागि निर्देशन दिनुभयो ।

प्रत्येक कार्यालयले आफ्नो क्षेत्राधिकार भित्र उदाहरणीय कार्य गरी त्यस क्षेत्रका नागरिकले प्रहरीलाई सदैव सम्झने गरी प्रवाभकारी सेवा प्रवाह गर्न समेत उहाँले निर्देशन दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय