काठमाडौ । आर्थिक बर्ष २०८०/८१ काे राष्ट्रिय प्राकृतिक स्राेत तथा वित्त आयाेगद्वारा गरिएकाे स्थानीय तहकाे कार्यसम्पादन सूचककाे मूल्याङ्कनमा शंखरापुर नगरपालिका काठमाडौ जिल्लाको तेस्रो अब्बल नगरपालिका बनेको छ । ६८.१अङ्क प्राप्त गरी काठमाडाैँ जिल्लाकाे तेस्राे अब्बल नगरपालिकाकाे स्थान ओगटेकाे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले जानकारी दिनुभयो ।

जिल्लाको तारकेश्वर नगरपालिका – ७१.३ अंक सहित पहिलो नम्बरमा छ भने नागार्जुन नगरपालिका – ७०.६ नम्बर सहित दोस्रो अंकमा रहेको छ । त्यस्तै शंखरापुर नगरपालिका -६८.१ तेस्रो,चन्द्रागिरी नगरपालिका – ६७.१ चौथो र गाेकर्णेश्वर नगरपालिका – ६४.४ अंक सहित पाचौं स्थानमा रहेको प्राकृतिक स्रोत तथा वित्त आयोगद्वारा जारी सुचनामा उल्लेख छ ।


कीर्तिपुर नगरपालिकाले – ६३.४, कागेश्वरी मनाेहरा नगरपालिका – ६२.८,बुढानिलकण्ठ नगरपालिका – ६०.८, टाेखा नगरपालिका – ५८.६,दक्षिणकाली नगरपालिका – ५४.७ र काठमाडाैँ महानगरपालिका – ५४.३ अंक सहित सार्वजनिक सुचीको अन्तिममा छ ।

आगामी बर्षहरुमा मुलुककै उत्कृष्ट नगरपालिका बन्ने प्रयत्न रहने प्रमुख प्रशासकीय अधिकृत धितालले बताउनुभयो । यो सफलता हासिल भएकोमा उहाँले सम्पुर्ण जनप्रतिनिधि,कर्मचारी लगायत सम्पुर्ण नगरवासी हरुमा आभार प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय