सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ सिपा धुसेनीमा अवस्थित नयाँपानीमा पानी पलाएको छ ।
प्रत्येक बाह्र बाह्र वर्षको अन्तरालमा चामत्कारिक ढङ्गले हिउँदमा पानी पलाउने गरेको थियो । त्यही सिलसिला यसवर्ष दोहोरिएको हो ।

अघिल्लो वर्ष नै पलाउन पर्ने पानी नपलाएपछि नयाँपानी संरक्षण समितिले क्षमापूजा आयोजना गरेको थियो । क्षमापूजापछि नयाँपानी क्षेत्रमा बुधवार पानीको चामत्कारिक पुनरागमन भएको हो ।
‘पानी गतवर्ष पलाउनु पर्ने हो । पानी नपलाएपछि हामीले क्षमापूजा गर्यो । त्यसलगत्तै माघ महिनामै पानी पलायो’,इन्द्रावती ५ का वडाध्यक्ष शशिनाथ आचार्यले बताउनुभयो ।
योसँगै स्थानीय जनता हर्षित भएका छन् । त्यहाँको जलले विभिन्न रोगहरू नष्ट गर्ने स्थानीय बताउँछन् । नयाँपानीमा प्रत्येक बाह्र बाह्र वर्षमा मेला लाग्ने गरेको छ ।