ल्हासा। नेपाली महावाणिज्यदूतावासको सहजीकरणमा चीनको तिब्बतमा आएको भूकम्प पीडित परिवारलाई रकम संकलन गरिएको छ । नेपाली दुःख निवारण कल्याण कोष ल्हासाले यहॉ बसोबास गरिरहेका नेपाली समुदायबाट संकलन गरेको रकम हस्तान्तरण गरिएको महावणिज्यदूत लक्ष्मी निरौलाले जानकारी दिनुभयो ।

१ लाख ९८ हजार ०५७ चिनियाँ मुद्रा अथवा ३७ लाख १७ हजार ५३० रुपैयाँ बराबर सहयोग रकम रेडक्रस कार्यालयमा आयोजित कार्यक्रममा महावाणिज्यदूतावासका कन्सुलर सविन भट्टराई समेतको रोहबरमा हस्तान्तरण गरिएको हो । कोषका अध्यक्ष कुञ्जो धार्के नेपालीले त्यहाँका रेडक्रस प्रमुख लियो यिदोङलाई हस्तान्तरण गर्नु भएको हो ।

सहयोग रकम ग्रहण गर्दै प्रमुख यिदोगले महावाणिज्यदूतावास,कल्याण कोष र नेपाली समुदायप्रति आभार व्यक्त गर्नुभयो । बिपतमा परेको चिनियाँ नागरकिलाई नेपालीका तर्फबाट सहयोग गरिएकोमा अध्यक्ष कुञ्जो र कल्याण कोष परिवारलाई महावाणिज्यदूत निरौलाले धन्यबाद दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय