मेलम्ची/ नेपाल बुद्धिजीवी परिषद बागमती प्रदेशको नवौं विस्तारित बैठक तथा “समृद्ध बागमतीका आधार एवम् योजना“ सम्बन्धी विचारगोष्ठी मेलम्चीमा सम्पन्न भएको छ । बागमती प्रदेशका १३ जिल्लाकै बुद्विजीवी व्यक्तिहरू कार्यक्रममा सहभागी थिए । नेकपा एमालेले अघि सारेका नितिहरूको बारेमा गोष्ठीमा छलफल भएको नेपाल बुद्विजीवी परिषद सिन्धुपाल्चोकका अध्यक्ष राधाकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रममा बक्ताहरूले बागमती समृद्विका आधार र सम्भावनाको बारेमा धारणा राख्नुभएको थियो । कृषि, पर्यटन, जलस्रोत र उद्योग नै समृद्विको आधार भएको अधिकांशले दावि गरेका थिए । गोष्ठीमा बुद्धिजीवी परिषदका सदस्यहरू, नेकपा एमालेका सुभचिन्तक लगायतको सहभागीता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि बुद्विजीवी परिषदका कन्द्रिय समिति अध्यक्ष दिनेशचन्द्र देबकोटाले चैत्रको अन्तिममा कन्द्रिय अधिवेशन हुने जानकारी दिनुभयो ।

७७ जिल्ला, ७ प्रदेश र केन्द्रमै समिति रहेको भन्दै एमालेले सुरुवात गरेका जनतामुखी कार्यक्रमहरुको प्रचार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले हामीले बृद्व भत्ताको शुरूवात गरेको उदाहरण दिदैं पार्टीका गतिविधिका बारेमा चर्चा गर्नुभयो । एमाले समावेशी भएको उल्लेख गर्दै सबैलाई पार्टीमा अवसर दिइएको बताउनुभयो । राष्ट्रमा ठुला मेघा प्रोजेक्टहरू एमालेको नेतृत्वमा आएको भन्दै देबकोटाले २०५०–५२ सालमा मनमोहन को पालामा सामाजिक सुरक्षाको अवधारणा ल्याएको बताउनुभयो । त्यस्तै नेकपा एमालेका स्थाई कमिटि सदस्य शेरबहादुर तामाङले उर्जाले देश समृद्व बन्न सक्ने आधार प्रस्तुत गर्नुभयो । उहाँले एउटा निर्णय गरेर विश्वभरको लगानी भित्राउन सकेमा देश समृद्व बन्ने दावि गर्नुभयो । एमालेले जनतालाई निशुल्क बिजुली दिने नीति ल्याउन जरूरी रहेको भन्दै पूर्व मन्त्री समेत रहेका तामाङले अब विश्व ईभिमा गएका कारण पेट्रोल डिजेलको जमाना विस्तारै हराउन थालेको बताउनुभयो । उहाँले उर्जा नीति ल्याएमा कोहि पनि विदेशमा काम गर्न जान नपर्ने बताउनुभयो ।

भ७मम३३४२–अ३म५–४भ९–बा३ब–ा९अ१ब९९६७दम–१७३५३८५७९५.वउभन

बुद्विजीवी परिषद बागमती प्रदेश समितिका अध्यक्ष प्राध्यापक डाक्टर ईश्वर कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा काइरालाले बिचार गोष्ठीमा गरेका कुरा मनन गरेर आफ्नो क्षेत्रमा लागू गर्नुपर्नेमा जोड दिनुभयो । समृद्विका सुचकको बारेमा व्याख्या गरेर अघि बढ्न उहाँले सुझाव दिनुभयो । बुद्विजीवी बर्गले सरकारलाई घचघच्याउनुका सागै नेतृत्वलाई सहि सल्लाह दिनुपर्ने उहाँको भनाई थियो ।


कार्यक्रममा नेपाल बुद्विजीवी परिषद केन्द्रीय सचिव दिपेन्द्र श्रेष्ठले समृद्व बागमतीका आधार तथा योजनाको कार्यपत्र प्रस्तुत गर्नुभयो । उहाँले बागमतीको समृद्वि समग्र देशको समृद्वि हुने भन्दै समृद्विको आधार कृषि, पर्यटन, जलस्रोत र उद्योग भएको बताउनुभयो । बुद्विजीवी परिषद सिन्धुपाल्चोकका अध्यक्ष राधाकृष्ण श्रेष्ठले बागमती प्रदेशको निर्देशन अनुसारका कार्यक्रम गर्दै आएको भन्दै सबै जिल्लाका बुद्विजीवीलाई मेलम्चीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउनुभयो । सिन्धुपाल्चोकलाई एमालेमय बनाउनका लागी वुद्विजीवी परिषद सहयोग गर्न तयार रहेको श्रेष्ठको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार