मेलम्ची नगरपालिका वडा नम्बर १ र मेलम्ची ५ जोड्ने पधेरिखोल्ची महादेवस्थान मोटरेवल पुलको आज शिलान्यास गरिएको छ । बागमति प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेस संसदिय दलका सचिव कृष्ण कुमार तामाङ (समीर) र मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले पुलको शिलन्यास गर्नुभएको सांसद तामाङका स्वकिय सचिव विशाल राउतले जानकारी दिनुभयो । शिलन्यास कार्यक्रममा सांसद तामाङले स्थानियको आवश्यकतालाई मध्यनजर गर्दै पुल निमार्णका लागी बजेट विनियोजन गर्न पहल गरेको बताउनुभयो । उहाँले ०७९÷८०मा २० लाख बजेट विनियोजन गरेको र ०८०÷८१मा १ करोड विनियोजन भएपछि अहिले पुलको शिलन्यास गर्न पाएको बताउनुभयो । पूर्व भौतिक मन्त्री युवराज दुलाल मन्त्री भएका बेला आफुले पहल गरेर अर्थमन्त्रालयबाट ४ करोड ४५ लाख बराबरको स्रोत सुनिश्चित भएको बताउनुभयो । सांसद तामाङ मापदण्ड अनुसार पुल निमार्ण हुने विश्वास ब्यक्त गर्नुभयो ।
त्यस्तै नगर प्रमुख आइतमान तामाङले बागमती प्रदेश सरकारबाट विनियोजन भएको बजेट बाट बन्न लागेको पुल पुरा गर्नका लागी बजेटको आवश्यक परेमा सहयोग गर्ने बताउनुभयो । उहाँले गुणस्तरीय पुल निमार्ण गर्न निर्देशन दिदैं प्राविधिक जनशक्ति लगायत नगरपालिका बाट आवश्यक साथ सहयोगका लागी सधै साथमा रहेको बताउनुभयो ।
कार्यक्रममा मेलम्ची –५,का वडा अध्यक्ष राजु रायमाझी,मेलम्ची –२,का वडा अध्यक्ष नागेन्द्र खतिवडा,राजनीतिक दलका प्रतिनिधिहरु लगायत स्थानियको उपस्थिती रहेको थियो ।