सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचन आउँन ३ दिन बाकी छ । यो संगै आज राती १२ बजेबाट चुनावी प्रचार प्रसार गर्न पाइदैन । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरि गाउँपालिकामा दलहरूले चुनावी आमसभा गरेर आजबाट चुनावी प्रचार प्रसार बन्द गरेका छन् । यहीँ क्रममा आज त्रिपुरासुन्दरी गाउँपालिकामा नेकपा एमालेकाे जनलहर उर्लिएकाे छ। चुनाव नजिकिँएसंगै एमालेको पक्षमा जनलहर उर्लिएको हो ।

नेकपा एमाले त्रिपुरासुन्दरि गाउँपालिकाले अध्यक्षको उम्मेदवारमा समाजसेवि मेघनाथ पाैडेललाई अघि बढाएसंगै अन्य राजनितिक दलका नेता तथा कार्यकर्ता एमाले प्रवेश गर्नेको लर्को लागेको छ ।

एमालेको चुनावि घरदैलो कार्यक्रमका क्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका सयाैँ नेपाली काङ्ग्रेस र नेकपा माओवादिका कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन्। आज सम्पन्न चुनावि प्रचार प्रसार कार्यक्रममा समेत नेपाली काङ्ग्रेसका युवाहरु एमाले प्रवेश गरेका छन्।

त्रिपुरासुन्दरी गाउँपालिकाको ६ वटा वडाका शिक्षा, स्वास्थ्य, सडक, खानेपानि, कृषि लगायत विकासका हरेक क्षेत्रमा नेकपा एमालेकाे पहलमा सफल भएको भन्दै सिङ्गो युवा शक्ति एमालेमा समाहित भएको हो ।

त्रिपुरासुन्दरि गाउँपालिकाका ६ वटै वडाका जनताकाे जिवनस्तर सहज र सुविधायुक्त बनाउनकाे लागि घाेषणाापत्रमा नै आफनाे प्रतिबद्दताहरु जाहेर गरेकाे नेकपा एमाले त्रिपुरासुन्दरि गाउँपालिका अध्यक्षका उम्मेदवार मेघनाथ पाैडेल बताउँछन्। “हामी जनताकाे समस्या समाधानमासंगै छाै, यस ठाउँका जनताकाे आवश्यकता, चाहना र मनाेभावना बुझेकै कारण यहाँका सिङ्गो जनता एमालेकाे सुर्य ध्वजाबाहक चिन्हमा मतदान गर्नमा आतुर रहेका छन्”,उनले भने । “हामी बृद्धअवस्थाका जेष्ठ नागरिकको सारथि हाै, पारदर्शितामा हामी अटल छाै”,उनले थपे । ऊनी त्रिपुरासुन्दरीमा आफू जित्नेमा ढुक्क छन् । मतदाताको अपार माया आफुलाई रहेको पौडेलको दाबी छ । ” हामी जितको संघारमा छौ । मतदाताको अपार माया पाएको छु । घरदैलो कार्यक्रममा जादा जुन सहादेयता प्रकट गर्नुभएको छ त्यो नै मेरो जित हो”, उनले भने ।

यस अघि नेपाली काङ्ग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका रेशम बहादुर श्रेष्ठ , नारायण कुमार श्रेष्ठ लगायतका ब्यक्तिहरु नेपाली काङ्ग्रेसमा व्यक्तिवादि हावि हुने भएको भन्दै नेकपा एमाले मात्र जनताको पार्टी भएको बताउदै सामुहिक भावनामा विश्वास राख्ने पाटि एमालेबाट नै समृद्ध त्रिपुरा सम्भव भएकोले जीवन भर एमाले मै सक्रिय भएर रहने प्रण समेत गरेका छन। योसंगै नेपाली कांग्रेस माओवादी केन्द्रमा सन्नाटा छाएको छ ।

नेकपा एमालेकाे चुनावि सभा कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्युरो सदस्री अरूण नेपाल र अमृत कुमार बोहराले त्रिपुरासुन्दरीको बिकासको लागि आफूहरु सधैं त्रिपुराका जनताकाे साथमा रहने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय