मेलम्ची । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईले हेलम्बु बर्तमान नेपालको चित्र रहेको उल्लेख गर्नुभएको छ । पहिले पढ्ने बेला हेलम्बुका बारेमा गित,कविता,आख्यान मार्फत पढ्ने गरेको स्मरण गर्दै कुलपति राईले सम्पुर्ण संस्कृतिकर्मिहरु,भाषाभाषीहरु,मिश्रित रुपमा स्वतन्त्र हिसाबले एक आपसमा हातेमालो गर्दै बसेका कारण साच्चै हेलम्बु नमुना रहेको बताउनुभयो । विद्यालयमा कुलपति कार्यक्रम अन्र्तगत सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित भूमेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति राईले प्रज्ञा प्रतिष्ठानलाई गाउँ गाउँमा जोड्नका लागी,बस्ती बस्तीमा जोड्नका लागी र स्कुल स्कुलमा पुर्याउनका लागी आफुले काम गरिरहेको बताउनुभयो । झापाको एउटा शिक्षकले २५ बर्षमा पहिलो पटक कुलपति देखेको भनेर भनेको प्रसङ्ग स्मरण गर्दै प्रतिष्ठाको विगत देखी धिक्कार लागेको बताउनुभयो ।
![](http://subhatime.com/wp-content/uploads/2025/01/5-e1735997609419.jpg)
जनताको भाषा,संस्कृति,सांस्कृतिक रहनसहनका बारेमा अब स्कुल स्कुलमा पुगेर अध्ययन गर्दै प्रतिष्ठानको काम र कर्तव्यका बारेमा जानकारी गराउने उदेश्यले अहिले विद्यालयमा कुलपति कार्यक्रम गरिरहेको उहाँको भनाई थियो । विद्यार्थीले पढ्ने किताब लेख्ने व्यक्ती चिनिन र चिनाउनका लागी अहिले विद्यालयमा पुग्ने गरेको राईले प्रष्ट पार्नुभयो । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले शिक्षा,संस्कृति र स्वास्थ्यमा गरेको लगानी र चासोलाई उहाँले सम्मान व्यक्त गर्नुभयो । राईले वास्तविक विकास भनेकै दिमागको विकास हुनु रहेको भन्दै कविता लेख्ने व्यक्ति असल संस्कार र संस्कृतिले भरिपुर्ण हुने बताउनुभयो ।
कार्यक्रममा हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति लगायत टोलि हेलम्बु आउनु खुशिको कुरा भएको बताउनुभयो । ठुला ठुला कबिहरु हेलम्बु आएको स्मरण गर्दै उहाँले हेलम्बु साहित्यकारहरुका लागि राम्रो ठाउँ भएको बताउनुभयो ।
अध्यक्ष शेर्पाले पढाइ संगै संस्कृति , रितिरिवाज र अतिरिक्त कृयाकलापमा पनि विद्यार्थीलाई सहभागी गराउनु पर्नेमा जोड दिदैँ यसले भबिश्यमा राम्रो हुने बताउनुभयो ।
शिक्षा र स्वास्थ्य निशुल्कः भएमा नागरिकलाई सहज हुने भएकाले हेलम्बुले यसमा लगानि बढाइरहेको शेर्पाले बताउनुभयो । काठमाडौ लगायत अन्यत्र लगेर आफ्ना बालबालिका पढाउन कठिनाइ हुने भएकाले हेलम्बुमा निशुल्कः शिक्षा र कम आय भएकालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन औसधि लगायत उपचारमा सहयोग गरिरहेको शेर्पाले बताउनुभयो । आन्तरिक स्रोतबाट निशुल्कः १२ सम्म अध्ययन , निशुल्कः दिवा खाजा , निशुल्कः बिज्ञान , होटल मेनेज्मेन्ट लगायत पढाइरहेको बताउदै अन्य बिषय पनि थप्दै जाने उहाँले बताउनुभयो ।ब् याचलर लेबल सम्म निशुल्कः पढाउन लागिएको शेर्पाले जानकारी दिनुभयो । स्वदेशमै पढेर दक्ष जनशक्ति उत्पादन गर्न पालिका लागि परेको उहाँको भनाई छ । खेलकुद क्षेत्रमा तालिमहरुको सुरुवात गरिएको उहाँले बताउनुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब डाक्टर धनप्रसाद सुवेदीले प्रतिष्ठाने नेपालका भाषा,संस्कृति,कला,साहित्य,दर्शन र सामाजिक शास्त्रको संरक्षण गर्ने गरेको बताउनुभयो । उहाँले अहिले संविधानले प्रदेश सरकार र स्थानीय सरकारलाई समेत प्राज्ञिक अधिकार दिएकाले अब प्रज्ञा प्रतिष्ठानले प्रदेश र स्थानीय तहसम्म पुगेर सहजीकरण गर्ने बताउनुभयो । उहाँले स्थानीय सन्दर्भलाई ,यहाँको भाषा,संस्कृति,मौलिकता र ज्ञानलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डाक्टर मधुसूदन गिरिले बालबालिकाले भोलिको भविष्यलाई काधमा बोकिरहेको पाएको बताउनुभयो । उहाँले बालबालिकाको प्रतिभा तथा क्षमतालाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने योजना बनाएर सहयोग गर्न आग्रह गर्नुभयो ।
प्राज्ञ डाक्टर कृष्णराज अधिकारीले भौतिक विकास संगै शैक्षिक,सामाजिक,भाषिक विकासमा जोड दिन आग्रह गर्नुभयो । हेलम्बुको चर्चा धेरै पहिला देखी सुनेको भन्दै अहिले हेलम्बुमै आएर आफ्ना भनाइ राख्न पाएकोमा खुशी लागेको बताउनुभयो । उहाँले प्रज्ञा प्रतिष्ठानलाई काठमाडांैमा मात्र सिमित पार्नुहुँदैन भनेर गाउँ गाउँका विद्यालयमा समेत पुग्ने गरेको बताउनुभयो । स्वर्ण जयन्ती विशेष माध्यमिक विद्यालय स्तरीय कविता प्रतियोगितामा सरश्वती माध्यमिक विद्यालयकी छात्रा पुर्णिमा तामाङ पहिलो,इष्ट पोइन्ट एकेडेमिकी आशिका केसि दोस्रो,भूमेश्वरीकी लक्ष्मी सुनार तेस्रो र सर्बोदय माध्यमिक विद्यालयकी सिर्जना तामाङ र बोधिसत्व मोडल स्कुलका सिदार्थ पुरीले सान्त्वना स्थान हासिल गर्नुभएको विद्यालयका प्रधानाध्यापक यमबहादुर ज्योतिले जानकारी दिनुभयो । पहिलो,दोस्रो,तेस्रो र सान्त्वना स्थान हाँसिल गर्ने विद्यालयले क्रमश ४ हजार,३हजार,२ हजार र १–१ हजार पुरस्कार प्राप्त गरेका छन् । कविता बाचन प्रतियोगिताको डाक्टर रमेश शुभेच्छु, माधव घिमिरे अटल र जयराम विडारीले निर्णायक भूमिका निर्वाह गर्नुभएको थियो ।
प्रतियोगितामा गाउँपालिका भित्रका माध्यमिक विद्यालयका १६ जना विद्यार्थीको सहभागीता रहेको थियो । हेलम्बु गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक क्षिरिङ लामा ह्योल्मो,विद्यालयका प्रधानाध्यापक ज्याती लगायतले आफ्नो भनाई राख्नुभएको थियो भने कविहरुले आफ्नो कविता बाचन गरेर सुनाउनुभएको थियो । कार्यक्रम विद्यालय व्यस्थापन समिति अध्यक्ष मोदनाथ भण्डारीको अध्यक्षतामा भएको हो ।