मेलम्ची । हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति लगायत टोलि हेलम्बु आउनु खुशिको कुरा भएको बताउनुभएको छ । ठुला ठुला कबिहरु हेलम्बु आएको स्मरण गर्दै उहाँले हेलम्बु साहित्यकारहरुका लागि राम्रो ठाउँ भएको बताउनुभयो । अध्यक्ष शेर्पाले पढाइ संगै संस्कृति , रितिरिवाज र अतिरिक्त कृयाकलापमा पनि विद्यार्थीलाई सहभागी गराउनु पर्नेमा जोड दिदैँ यसले भबिश्यमा राम्रो हुने बताउनुभयो ।हेलम्बु गाउँपालिका वडा नम्बर २ स्थित भूमेश्वरी माध्यमिक विद्यालयको स्वर्ण जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शेर्पाले शिक्षा र स्वास्थ्य निशुल्कः भएमा नागरिकलाई सहज हुने भएकाले हेलम्बुले यसमा लगानि बढाइरहेको शेर्पाले बताउनुभयो ।

काठमाडौ लगायत अन्यत्र लगेर आफ्ना बालबालिका पढाउन कठिनाइ हुने भएकाले हेलम्बुमा निशुल्कः शिक्षा र कम आय भएकालाई स्वास्थ्य सेवामा पहुँच पुर्याउन औसधि लगायत उपचारमा सहयोग गरिरहेको शेर्पाले बताउनुभयो । आन्तरिक स्रोतबाट निशुल्कः १२ सम्म अध्ययन , निशुल्कः दिवा खाजा , निशुल्कः बिज्ञान , होटल मेनेज्मेन्ट लगायत पढाइरहेको बताउदै अन्य बिषय पनि थप्दै जाने उहाँले बताउनुभयो ।ब्याचलर लेबल सम्म निशुल्कः पढाउन लागिएको शेर्पाले जानकारी दिनुभयो । स्वदेशमै पढेर दक्ष जनशक्ति उत्पादन गर्न पालिका लागि परेको उहाँको भनाई छ । खेलकुद क्षेत्रमा तालिमहरुको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय