काठमाडाैं । कवि लक्ष्मण तिमल्सिनाको पहिलो कवितासंङ्ग्रह ‘मातृवन्दना’को लोकार्पण भएको छ ।

शनिवार काठमाडाैंकाे भृकुटीमण्डपस्थित पद्मोदय माध्यमिक विद्यालयमा साहित्य सन्ध्याको ४५८ औँ शृङ्खलामा कवितासङ्ग्रहको लोकार्पण भएको हो ।

कार्यक्रममा अतिथि साहित्यकारहरू डा.कृष्ण सुवेदी, चन्द्रप्रसाद न्यौपाने, प्रभाती किरण र आभा सेतु सिंहले

कवितासङ्ग्रह ‘मातृवन्दना’को लोकार्पण गरेका हुन् ।


साहित्य सन्ध्याको ४५८ औँ शृङ्खला काठमाडाैंकाे भृकुटीमण्डपस्थित पद्मोदय माध्यमिक विद्यालयमा सम्पन्न भएकाे छ । साहित्य सन्ध्याको ४५८ औँ शृङ्खलामा सिन्धुपाल्चोकका कवि लक्ष्मण तिमिल्सिनाको कवितासङ्ग्रह ‘मातृवन्दना’को लोकार्पण भएकाे छ ।

कार्यक्रममा अतिथि साहित्यकारहरू डा.कृष्ण सुवेदी, चन्द्रप्रसाद न्यौपाने, प्रभाती किरण र आभा सेतु सिंहले कवितासङ्ग्रह ‘मातृवन्दना’को लोकार्पण गरेका हुन् ।

लोकार्पित कृतिमाथि डा.कृष्ण सुवेदी (भारद्वाज मित्र)ले विस्तृतरूपमा चर्चा परिचर्चा तथ गहन समीक्षा गरेका थिए । वि.सं.२०१६ सालमा सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिकाको धुसेनीमा माता सीतामाई तिमिल्सिना र पिता चन्द्रलोचन तिमिल्सिनाका सुपुत्रका रूपमा जन्मिएका र शिक्षण पेसामा जीवन समर्पित गरी निवृत्त भएका लक्ष्मण तिमिल्सिनाको प्रस्तुत कवितासङ्ग्रह १०० पृष्ठको डिमाइ आकारमा सजिएको र यसमा त्रिपन्नओटा कविता समेटिएका छन् ।

कार्यक्रम साहित्य सन्ध्याका अध्यक्ष राम विनयको अध्यक्षता र उपाध्यक्ष रमेश पोखरेलको सञ्चालनमा सम्पन्न

भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय