Site icon Subhatime

भोताङका राप्रपा अध्यक्ष मिङमार वाईबा एमालेमा

सिन्धुपाल्चोक । पाँचपोखरी थाङपाल गाउँपालिका वडा नम्बर ३ कमिटिका अध्यक्ष मिङमार तामाङ एमाले प्रबेश गरेका छन ।आज चुनाबी प्रचार प्रसार कार्यक्रमको क्रममा भोताङमा भएको कोणसभाको क्रममा उहां लगायत एक दर्जन ब्यक्तिहरु नेपाली कांग्रेस र राप्रपा परित्याग गरि एमाले प्रबेश गर्नु भएको एमाले जिल्ला कमिटि सचिबालय सदस्य एबं पालिका कमिटि ईन्चार्ज निर्मल बन्जाराले बताउनु भएको हो ।
नेकपा एमाले बागमती प्रदेश कमिटि सदस्य एबं एमालेका तर्फबाट अध्यक्षका प्रत्यासी टासी लामाले उहांहरुलाई पार्टी प्रबेश गराउनु भएको र अब भोताङमा एमालेको जित सुनिचित भएको वडा अध्यक्षका प्रत्यासी युबा नेता ङिमा छिरिङ तामाङले बताउनु भयो ।

सिनेन दोर्जे तामाङको अध्यक्षतामा भएको सो कार्यक्रममा एमाले नेत्री सुनिता अधिकारी ,ईन्चार्ज निर्मल बन्जारा,युबा नेता बिजय पौड्याल,जिल्ला कमिटि सदस्यहरु शन्तदास श्रेष्ठ ,नरेश लामा,पालिका कमिटि अध्यक्ष दोर्जे लामा,उपाध्यक्ष दोकदोक तामाङ लगायतको उपस्थिति रहेको थियो ।

Exit mobile version