काठमाडौं। मानव बेचबिखनको गम्भीर आरोपमा सिन्धुपाल्चोकका दुई व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

कुवेतमा एक युवतीलाई करिब ४ लाख रुपैयाँमा बेचेको आरोपमा उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोले नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला जुगल गाउँपालिका वडा नं.५ का २६ वर्षीय धर्म तामाङ र चौतारासांगाचोकगढी नगरपालिका–६ का ५० वर्षीय माइला लामा तामाङ रहेका छन् ।

उनीहरूले ती युवतीलाई फ्री भिसा–फ्री टिकटको प्रलोभन देखाउँदै मासिक १२० केडी (करिब ५० हजार) रुपैयाँ कमाई हुने कामको आश्वासन दिएर कुवेत पठाएका थिए ।

कुवेतमा पुगेर ती युवतीलाई घरेलु कामदारका रूपमा ९०० केडी अर्थात् करिब ३ लाख ९४ हजारमा बेचिएको प्रहरीले जनाएको छ ।

बेचिएपछि ती युवतीले घरेलु कामदारको रूपमा काम गर्नुपरेको मात्र होइन, यौन शोषणको समेत सिकार भइन् । अत्यन्त कठिन अवस्थामा कुवेत प्रहरीको सम्पर्कमा पुगेपछि उनको उद्धार भएको थियो ।

कुवेत प्रहरीको सहयोगमा ट्राभल्स डकुमेन्ट बनाएर ९ कात्तिक २०८१ मा उनी नेपाल फर्किएकी थिइन् ।

नेपाल फर्केपछि पीडित युवतीले मानव बेचबिखन अनुसन्धान ब्यूरोमा जाहेरी दिएकी थिइन् । सोही आधारमा पक्राउ परेका कुसुम कँडेल र माइला लामाविरुद्ध मानव बेचबिखन तथा ओसारपसारको कसुरमा अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय