काठमाडौँ । गोकर्णेश्वर लाइट एकेडेमीले आयोजना गरेको `क्विज म्यानिया सिजन ३’ को उद्घाटन सत्र भव्यताका साथ सम्पन्न भएको छ ।
गोकर्णेश्वर नगरपालिकाकी उपमेयर सान्नानी लामाले उद्घाटन गर्नुभएको कार्यक्रममा विभिन्न ४८ विद्यालयहरूले सहभागिता जनाएका छन् ।
४८ विद्यालयलाई ८ समूहमा विभाजन गरिएको थियो । त्यसअन्तर्गत प्रत्येक समूहबाट उत्कृष्ट दुई विद्यालय दोस्रो चरणमा प्रवेश गरेका छन् । ।
जसमा बाल गीताञ्जली,श्वेत वाराही विद्यालय,चाल्र्स डार्विन एकेडेमी,टाइमलाइन एकेडेमी,सेलिब्रेसन एकेडेमी,व्हिज़ किड्स स्कुल,शिक्षालय स्कुल,अल्पाइन एकेडेमी, अनमोल ज्योति स्कुल,सुनौलो भविष्य स्कुल, रिलायन्स इन्टरनेसनल स्कुल ,फूल ब्राइट स्कुल, समता शिक्षा निकेतन ,भेनस पब्लिक स्कुल , इन्द्रावती स्कुल र वाइल कार्डमार्फत नभ सुन्ताखान र अर्को एक टिम भोलिको कार्यक्रमबाट प्रवेश गर्नेछन् ।
भोलि १८ टिमलाई तीन समूहमा विभाजन गरेर प्रत्येक समूहबाट उत्कृष्ट २ टिम समूह चरणमा प्रवेश गर्ने छन् । फाइनल कार्यक्रम भोलिनै हुने गोकर्णेश्वर लाइट एकेडेमीका प्रिन्सिपल एवम् कार्यक्रमका सभापति सौर्यनाथ आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रम व्यवस्थापन शिक्षकद्वय मधुसूदन ढुङ्गाना र आनन्द क्षेत्रीले गर्नुभएको थियो भने कार्यक्रम संयोजन मधुसूदन ढुङ्गाना र सहसंयोजन सञ्जय खनालले गर्नुभएको थियो ।