मेलम्ची/ मेलम्ची नगर उद्योग वाणिज्य सघंद्धारा दिपावली,नेपाल संवत,छठपर्व, तथा ल्होछारको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।
नगर उद्योग बाणिज्य संघको आयोजनमा संघका अध्यक्ष पुष्कर धितालको अध्यक्षता तथा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्य एवम् उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख तामाङले नेपाली पर्वहरु तिहार,नेपाल संवत,छठ,ल्होछार लगायतको शुभकामना ब्यक्त गर्दै पर्वहरुले एकताको सन्देश दिने उल्लेख गर्नुभयो । नगर उद्योग बाणिज्य संघ सँगको सहकार्यमा नगरपालिकाले काम गर्ने बताउनुभयो । उहाँले बजार ब्यबस्थापन लगायत विविध विषयमा उद्योग वाणिज्य संघसँग सहकार्य गरी कामगर्ने बताउनुभयो । उपप्रमुख उमा प्रधानले सम्पुर्ण पर्वको शुभकामना ब्यक्त गर्दै चाडपर्वलाई सब्य र कम खर्चिलो हुनेगरी मनाउन पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा समाजसेवी एवम् एमाले नेता बालकृष्ण देउजा,राधाकृष्ण श्रेष्ठ,उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष शालिकराम अधिकारी,इन्द्रावती बहुमुखि क्याम्पसका अध्यक्ष सिपि दुलाल,नगरपालिका राजस्व शाखा प्रमुख राजेनद्र दुलाल,योग समिती सिन्धुपाल्चोकका उपाध्यक्ष रामकृष्ण चालिसे,समाजसेवी सिद्धिनारायण श्रेष्ठ,रुद्रप्रसाद दुलाल,ज्ञानप्रसाद सापकोटा लगायतले शुभकामना ब्यक्त गर्नुभयो । शुभकामना आदानप्रदान कार्यक्रममा अधिकांश वक्ताहरुले बजारलाई ब्यबस्थित बनाउनुपर्ने,एकरुपता ल्याउनपर्ने,भत्काइएका संरचनाको पुर्ननिमार्णका लागी योजनाबद्ध ढंगले अगाडी बढ्नुपर्ने लगायतका विषयमा आफ्नो धारणा राखेका थिए ।