मेलम्ची । मेलम्ची खाल्डे तिपेनी भोताङ सडक अन्र्तगत मेलम्ची खाल्डे तिपेनी सडकको कालोपत्रेका लागी डिपिआर कार्य सुरु भएको छ ।
आज बागमती प्रदेशका सांसद बागमती प्रदेशका सांसस कृष्णकुमार तामाङ ९समिर०,पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामा,प्राविधिक लगायतको उपस्थितिमा क्षतिग्रस्त सडकको विभिन्न स्थानहरुमा अवलोकन पश्चात डिपिआर कार्य सुरु भएको सांसद तामाङले जानकारी दिनुभयो । बागमती प्रदेश सरकारबाट आर्थिक बर्ष २०८०÷८१मा विनियोजन भएको ४ करोड १० लाख बजेटलाई बहुबर्षिय बजेटका रुपमा कार्यान्वय गर्दै ठेक्का आह्वान गर्ने गरी स्विकृतिका लागी डिपिआर कार्यसुरु गरिएको तामाङले बताउनुभयो । मेलम्ची खाल्डे तिपेनी भोताङ सडक अन्र्तगत पर्ने मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकासँगको समन्वयमा डिपिआर कार्य सुरु गरिएको हो ।


बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय बाट बहुबर्षिक ठेक्का आह्वान भएपश्चात सडक कालोपत्रेको काम सुरु हुनेछ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा ९ख०बाट निर्वाचित सांसद तामाङले मन्त्रालयमा सो सडकको डिपिआर स्विकृत गरि बहुबर्षिय ठेक्का आह्वानका लागी निरन्तर पहल गरिरहेकोे बताउनुभयो । डिपिआर हुनेवित्तिकै ठेक्का खुल्ने उहाँले दावि गर्नुभयो । यसैबिच साँखु फड्केस्वर सडक अन्तर्गत छापभन्ज्या फड्केश्वर सडकको कालोपत्रेको लागी समेत डिपिआर सम्पन्न भएको सांसद तामाङले जानकारी दिनुभयो उहाँले सो सडकको लागी समेत तत्काल बहुबर्षिय ठेक्काको लागी स्वीकृति प्रदान हुने बताउनुभयो । पुर्वाधार विकास कार्यालय चौताराको प्राविधिक टोलीले सडकको डिपिआर गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार