मेलम्ची । डेंगी तथा किटजन्य रोग सम्बन्धी सरोकारवालाहरु सँगको अभिमुखिकरण कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ । सरोकारवाला सबैलाई यस रोगको रोकथाम बारे जानकारी गराइ सामुदायिक सहभागीता तथा बहुनिकाय सहकार्य सुनिश्चित गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको जनस्वास्थ्य शाखाका प्रमुख अस्मिता भन्डारीले जानकारी दिनुभयो ।


उपप्रमुख उमा प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा पछिल्लो समय संक्रामक रुपमा फैलिरहेको डेंगीरोगको अवस्था र रोकथामको उपायका बारेमा जानकारी गराइएको थियो । संक्रमित एडिस एजिप्टाई र एडिस एल्बोपिक्टस जातको पोथि लामखुट्टेको टोकाइबाट सर्ने यो रोग एउटा मानिसबाट अर्कोमा सोझै नसर्ने मेलम्ची नगर अस्पतालका प्रमुख डाक्टर किरण श्रेष्ठले जानकारी दिनुभयो । एडिज लामखुट्टे कालो रंगको हुन्छ, जसमा सेतो थोप्लो पनि देखिन्छ । संक्रमित लामखुट्टेले बिहान–साँझ टोक्ने गर्दछ उहाँले भन्नुभयो ।

डेंगु जुन उमेर समुहकालाई पनिलाग्न सक्ने श्रेष्ठले प्रष्ट पार्नुभयो । ‘डेंगी सार्ने लामखुट्टे नियन्त्रणका लागि सबैभन्दा बढी प्रभावकारी मानिएको उपाय नै लामखुट्टेको प्रजनन स्थल जस्तै पानी जम्ने ठाउँ खोजी लार्भा, प्युपा नष्ट गर्ने कार्यलाई प्रभावकारी रुपमा अगाडी बढाउनपर्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । कार्यक्रममा उपप्रमुख उमा प्रधानले डेंगु लागेका विरामीहरुको प्रभावकारी उपचारका लागी स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो । उहाँले डेंगु विरामीहरुलाई प्राथमीकता दिएर उपचार गर्नपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार