मेलम्ची । “हाम्रो पुर्व विद्यार्थी हाम्रो एउटै पहिचानः सरस्वती मावि संरक्षणमा साझा अभियान“ भन्ने नारा सहित शुभ दिपावली विशेष चियापान तथा बधाई कार्यक्रम हेलम्बु ४ ग्याल्थुममा सम्पन्न भएको छ । कक्षा ५ देखि एसएलसी सम्म सरस्वती माविमा अध्ययन गरेर अहिले बागमती प्रदेश, नीति तथा योजना आयोगका उपाध्यक्ष भएकोमा डा। गंगादत्त नेपाललाई पूर्व विद्यार्थी समाजले सम्मान गरेको हो ।प्रमुख अतिथि बागमती प्रदेश, नीति तथा योजना आयोगका उपाध्यक्ष डा। गंगादत्त नेपालले विद्यालयमा आवश्यक सहयोगका लागी आफुले पहल र समन्वय गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले जुन दिन योजना आयोगमा पुग्छु त्यो दिन विद्यालयलाई सहयोग गर्छु भन्ने लागेको थियो । भन्दै अब सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । मेलम्चीको विपद्लाई सानो बजेटले नहुने भएकाले यो क्षेत्रमा बिपद प्राधिकरणको शाखा नै बनाएर १०–१५ बर्षे योजना लागू गर्नुपर्ने उहाँको भनाई थियो । यो क्षेत्रलाई संरक्षण गर्न अरबौँ बजेट लाग्ने भन्दै नेपालले यश क्षेत्र संरक्षणको लागि सकेको सहयोग बताउनुभयो । पुर्व प्रधानाध्यापक हरिकुमार शर्माले यस डा। नेपालको चर्चा गर्दै विद्यालयको एक अब्बल विद्यार्थी रहेको स्मरण गर्नुभयो । उहाँले आफुले बढाएको विद्यार्थी यो ओहदामा पुगेको खुशि ब्यक्त गर्दै यहाँको शैक्षिक क्षेत्र लगायत समग्र विकासका काममा सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
वडा नम्बर ४का अध्यक्ष बुद्धिमान तामाङले संघिय सरकार र प्रदेश सबै ठाउँमा पुगेर बजेट ल्याएपनि प्रयाप्त नभएको बताउनुभयो । उहाँले डा।नेपालले विद्यालय संरक्षणमा महत्वपुर्ण भुमिका खेल्ने उहाँको विश्वास थियो । प्रधानाध्यापक कुमारप्रसाद खतिवडा घोरासैनीले ढा।नेपाल यहाँ सम्म पुग्नु हाम्रो लागि गर्वको कुरा भएको बताउनुभयो । उहाँ बाट बिद्यालयलाई विशेष सहयोग होला भन्ने बिश्वास लिएको उहाँले बताउनुभयो ।
पूर्व विद्यार्थी देविप्रसाद लामिछानेले विद्यालय संरक्षण अभियान सुरू गरेको स्मरण गर्दै तत्कालिन अवस्थामा ५–६ लाख रकम संकलन भएपनि अहिले ३६ लाख संकलन भएको जानकारी दिनुभयो । नेपाल सरकार र अरू अभियान बाट ५० लाख रकम सुनिश्चित भएको उहाँको भनाई थियो ।विद्यालयले योजना आयोगका उपाध्यक्ष डा गंगादत्त नेपाल समक्ष विद्यालय संरक्षणको लागी पहल गर्न आग्रह गर्नुभयो । कार्यक्रममा डा। नेपाललाई दोसल्ला ओडाएको हरिकुमार शर्माले सम्मान गर्नुभयो भने पूर्व विद्यार्थी समाजका अध्यक्ष कृष्ण थापाले प्रमाणपत्र प्रदान गर्नुभयो ।
विद्यालयमा गर्नुपर्ने कामको डिपिआर लिएर आफ्नो कार्यालयमा आउनु नेपालले आग्रह गर्नुभएको छ । कार्यक्रमका सभापति पूर्व विद्यार्थी समाज सरस्वती माध्यमिक विद्यालयका अध्यक्ष कृष्ण थापाले विद्यालय रहे सम्म ग्यालथुमको शाख रहने दावि गर्नुभयो ।उहाँले हामी विद्यालय जोगाउन लागि परेको भन्दै विद्यालयलाई पुरानै अवस्थामा पुर्याउने गरि काम भइरहेको बताउनुभयो । थापाले डिपिआरको काम सक्किने वित्तिकै डा। नेपालकहाँ पुग्ने भन्दै आवश्यक बजेटको ब्यबस्थापनका लागी ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा समाजसेवि शिवप्रसाद लामिछाने, सुर्यमान तामाङ,हेलम्बु गाउँपालिकाका विद्यालय निरिक्षक नेत्रप्रसाद भट्टराई लगायतले बधाई तथा शुभकामना ब्यक्त गर्दै यहाँको उन्नयनमा लाग्न आग्रह गर्नुभएको थियो ।