मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १ को आर्थिक सहयोग तथा दोश्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता मुल आयोजक समितीद्वारा आयोजित दोश्रो मेलम्ची नगर स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता उद्घाटन भएको छ । खेल उद्घाटन गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथि एवम मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले खेलाडी हरुमा अनुशासन पहिलो प्राथमिकता हुनुपर्ने बताउनुभयो ।

नगरपालिकाले यस्ता कार्यक्रमलाई अझ ब्यबस्थित गर्दै अगाडी बढ्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले नगरपालिकाले मेलम्ची नगरपालिका बाट बाहिर खेल खेल्न जाने खेलाडी हरुका लागि सहयोग प्रदान गर्दै आएको र आगामी दिनमा पनि जुन सुकै खेल भएपनि सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।
समारोहमा बोल्दै कार्यक्रमका विशेष अतिथी उपप्रमुख उमा प्रधानले मेलम्ची नगरपालिकाले युवाहरुलाई आकर्षित गर्नका लागि धेरै कार्यक्रमहरु संचालन गरेको बताउनुभयो । उहाँले खेल अनुशासन भएर खेल्न र अनुशाशीत रुपमा सम्पन्न गर्न आग्रह गर्नुभयो । अनुसासित भए मात्र सभ्य समाज निर्माण हुने बताउँदै आगामी चाड हरुको शुभकामना ब्यक्त गर्नुभयो । कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष कृष्णमुरारी चौलागाईं,प्रमुख जिल्ला अधिकारी किरण थापा लगाएतले शुभकामना मब्तब्य राख्नुभएको थियो ।