सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचन आउन अब ५ दिन बाकी छ । यो संगै इन्द्रावती गाउँपालिकामा चुनावी माहोल तातेको छ । पाँच दलिय गठबन्धन नबनेको सिन्धुपाल्चोकमा सुनकोसी बाहेकका सबै पालिकाहरुमा दलहरूको छुट्टाछुट्टै उम्मेदवार छन ।

इन्द्रावती गाउँपालिका वडा नम्बर ४ मा पनि नेकपा एमालेबाट तेजबहादुर लामाको उम्मेदवारी परेको छ । लामो समयदेखि नेकपा एमालेमा सक्रिय रहदै आएका लामालाई यो पटक अध्यक्षको टिकट हात परेको हो ।

उनी नेकपा एमालेले इन्द्रावती ४ मा जुनसुकै हालतमा जित्ने दाबी गर्छन् । नेकपा एमाले मात्र दुखी जनताको पार्टी रहेकाले मतदाताले भोट हाल्नेमा ऊनी विश्वस्त छन् ।”इन्द्रावती ४ मा नेकपा एमालेको क्रेज र जनताको चाहना अनुसार हामीले निर्वाचन जित्छौ । हामिले निर्वाचन किन पनि जित्छौ भने नेकपा एमाले सर्वहारा जनताको पार्टी हो दुखी असहाय बृद्दबृद्दाको पार्टी हो । हामिले अघि सारेका विकास योजनाका काम जनताका भावना अनुरुपका छौ । त्यसैलेनि हामिले निर्वाचन जित्छौ”, उनले भने । उनी विकास र समृद्धिका लागि इन्द्रावती ४ मा आफ्नो उम्मेदवारी रहेको बताउँछन् ।

उनी वडाका हरेक युवालाई स्वरोजगार बनाउने प्रतिबद्धता ब्यत्त गर्छन् । हरेक युवालाई स्वदेशमै रोजगारको सिर्जना गर्ने उनको सोचाई छ । “हामी हरेक युवालाई उद्यमशील बनाउछौ । हरेक युवालाई स्वदेशमै केही गर्न सक्ने वातावरण सिर्जना गर्छौ । यो मेरो प्रतिबद्धता हो । युवाहरूलाई कृषिमा आकर्षित गराई कृषिमा हाम्रो वडालाई अब्बल बनाउने मेरो सोच छ”,उनले भने ।

उनी बृद्दबृद्दालाई घर घर मै सामाजिक सुरक्षा भत्ता दिने बताउँछन् । बृद्दबृद्दालाई सम्मानका साथ राख्ने उनको भनाइ छ । “हामी बृद्दबृद्दालाई घर घर मै सामाजिक सुरक्षा भत्ताको ब्यवस्था गर्छौ । गफले हैन हामी कामले गर्छौ । बृद्दबृद्दलाई उचित सम्मानका साथ उहाँहरुको मार्गनिर्देशनमा हामी हिड्छौ”, उनले भने ।

उनी आफू निर्वाचित भए वडामा बृद्दबृद्दालाई निशुल्क स्वास्थ्य परिक्षणको ब्यवस्था गर्ने बताउँछन् । यदि निर्वाचन मैले जिते भने मेरो वडाका बृद्द बा आमाहरुलाई वडामै निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था गर्छु”, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय