सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचन आउन अब ५ दिन बाँकी छ । योसँगै सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा राजनीतिक सरगर्मी बढ्न थालेको छ । विभिन्न राजनीतिक दलहरूले घरदैलो कार्यक्रमलाई तीव्रताका साथ अघि बढाइरहेका छन् । त्यस्तै नेपाली काँग्रेसले इन्द्रावती गाउँपालिकामा पनि घरदैलो कार्यक्रमलाई तीव्रताका साथ अघि बढाइरहेको छ ।

नेपाली काँग्रेसको तर्फबाट इन्द्रावती गाउँपालिकाको उपमेयरमा उम्मेदवारी दिनुभएकी दया कुमारी मिश्र घरदैलो कार्यक्रमलाई तीव्रताका साथ अगाडी बढाइरहेको बताउनुहुन्छ । उहाँ आसन्न निर्वाचनमा नेपाली काँग्रेसले इन्द्रावतीमा विजयी हासिल गर्ने बताउनुहुन्छ । ‘हामीले घरदैलो कार्यक्रमलाई तीव्रताका साथ अगाडी बढाइरहेका छौँ । हामी घरदैलो कार्यक्रममा जाँदा दाजुभाइ दिदी बहिनीहरूले नेपाली काँग्रेसलाई जुन माया दिनुभएको छ । यो नै हाम्रो विजयीको यात्रा हो’,उहाँले भन्नुभयो। उहाँ इन्द्रावतीमा विकास र योजनाका काम थुप्रै भएको र त्यसलाई निरन्तरता दिन नेपाली काँग्रेसलाई इन्द्रावती गाउँपालिकामा जित्नुपर्ने बताउनुहुन्छ । इन्द्रावती गाउँपालिकामा विकास गर्ने पार्टी भनेको नेपाली काँग्रेस मात्र रहेको मिश्रको दाबी छ । ‘हाम्रो इन्द्रावतीमा मा पूर्वाधार सिँचाई खानेपानी लगायत थुप्रै कामहरू बाँकी छन् । यसलाई पूर्णता र दिगो विकास गर्ने भनेको नेपाली काँग्रेस मात्र हो । इन्द्रावतीमा नेपाली काँग्रेस बाहेक अन्य कुनै दलले विकास योजनाका काम अघि बढाउन सक्दैन’,उहाँले भन्नुभयो।

लामो समयदेखि नेपाली काङ्ग्रेसबाट सक्रिय राजनीतिमा होमिँदै आउनुभएकी मिश्र अघिल्लो पटक वडा नम्बर ४ को महिला वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । वडा अध्यक्ष बिमारी परेसँगै उहाँले ३ वर्षसम्म कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । यो पटक भने उहाँको उपाध्यक्षमा उम्मेदवारी परेको हो । उहाँ नेपाली काँग्रेस दुखी जनताको घाउमा मलम पट्टि लगाउने पार्टी रहेको बताउनुहुन्छ । ‘नेपाली काँग्रेस यस्तो पार्टी हो जुन पार्टी दुखी,असहाय,बृद्धबृद्धा युवा हरेकको जनभावना बुझ्ने पार्टी हो । यहाँ कसैलाई वैरभाव गरिँदैन यो त जनताको मन मुटुमा बसेको पार्टी हो’,उहाँले भन्नुभयो। उहाँ इन्द्रावतीमा नेपाली काँग्रेसले विकासको मूल फुटाएको बताउनुहुन्छ । थालनी गरेको योजनाको वितरण मात्र बाँकी रहेको मिश्रको दाबी छ । ‘इन्द्रावतीमा नेपाली काँग्रेसले विकासको मूल फटाएको छ । अब त्यो मूललाई सही वितरण गर्न बाँकी छ । त्यसका लागि इन्द्रावतीमा नेपाली काँग्रेसको विकल्प छैन’,उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय