सिन्धुपाल्चोक । गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई राहत सामाग्री वितरण गरेको छ ।

शनिबार बलेफी गाउँपालिका वडा नंम्वर २ अर्चले र जुगल गाउँपालिका वडा नंम्वर १ कुनेगाउँका पीडितहरुलाई राहत वितरण गरेको हो ।


असोज १२ गतेको बाढी र पहिरोले विस्थापित वनाएको बलेफी र जुगलको २५ परिवारलाई खाद्यन्न, ब्लाङ्केट, झोलासहितको सामाग्री वितरण गरेको हो ।

बफेफी गाउँपालिका – २ अर्चलेमा १६ र जुगल गाउँपालिका –१ कुनेगाँउमा ९ परिवारलाई राहत सामाग्री वितरण गरिएको हो ।


‘पीडितहरुको लागि एक वोरा चामल सहितको खाद्यन्न, ब्लाङ्केट लगायतका एक सेट सामाग्री वितरण गरिएको हो । बाढीपहिरोवाट प्रभावित परिवारलाई तत्कालको आवश्यकता अनुसारको सामान ल्याएर वितरण गरेका छौ ।’– गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनका अध्यक्ष निर्मल शर्मा चौलागाईले भन्नुभयो ।

प्रतिनिधिसभा सदस्य माधव सापकोटा, प्रदेशसभा सदस्यहरु सरल सहयात्री, अमृता नेपाल, बलेफी गाउँपालिकाको अध्यक्ष गंगाबहादुर तामाङ, जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्वो, बपलेफी गाउापालिका वडा नं २ का अध्यक्ष छबीलाल न्यौपाने, एनआरएन चीनका अध्यक्ष शर्मा, महासचिव प्रदिप नेपाललगायतले राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।


नेपालका लागि नेपाली भन्ने अभिप्रायले संचालित संस्थाले नेपालमा परेको विपत्तीहरुमा सहयोग तथा नेपालको विकासको काममा सहकार्य गर्दै आएको संस्थाका महासचिव प्रदिप नेपालले जानकारि दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय