मेलम्ची । मेलम्ची नगरपालिका वडा नम्बर १२ ढकाल खहरेमा पहिरो खस्दा कुखुरा फार्ममा क्षति पुगेको छ । गत १२ गते अविरल बर्षाका कारण खसेको पहिरोले १२०० वटा कुखुरा मरेका छन् ।अविरल वर्षापछि शनिवार फार्ममाथिबाट आएको पहिरोले रेवतीप्रसाद ढकालको २ वटा फर्ममा क्षति पुग्नुका लेयर्स प्रजातिका १२०० भन्दा बढी कुखुरा मरेको सञ्चालक ढकालले जानकारी दिनुभयो ।
पहिरोले फार्मको दुई भवनमा पूर्णरूपमा क्षति भएको छ भने सँगै रहेको राजकुमार ढकालको गाईभैंसी फार्ममा क्षति पुग्दा एउटा गाईको मृत्यु भएको ढकालले जानकारी दिनुभयो । कुखुरा फार्ममा क्षति पुगेपछि लगानी डुबेको ढकालले बताउनुभयो ।
अण्डा दिँदै गरेका कुखुरा मर्दा २५ लाख रुपैयाँ भन्दा बढी क्षति भएको ढकालले बताउनुभयो । “पहिरोसँगै आएको माटोको लेदोले फार्ममा रहेका कुखुरा मरेका छन् भने भौतिकरूपमा ठूलो क्षति पु¥याएको छ । व्यावसायिकरूपमा अण्डा उत्पादन गरी अण्डामा आत्मनिर्भर गराउने ढकालको उद्देश्य पहिरोले बगाइदिएको छ ।
१२०० भन्दा बढी कुखुरा मरेका छन् भने फार्ममा क्षति पुग्दा अण्डा दिँदै गरेका अन्य १ हजार भन्दा बढी कुखुरालाई कसरी बचाउने भन्ने चिन्तामा परेको ढकालको भनाइ छ । बैंकबाट ऋण लिएर ३ बर्ष अघिदेखि ब्यबशायीक फार्मको सुरुवात गर्नुभएका ढकाललाई अझै पुरानै लयमा फर्किएर ब्यबशाय गर्ने रहर छ । क्षतिका बारेमा नगरपालिकालाई निवेदन दिएको बताउँदै सहयोग आएमा राहत हुने बताउनुभयो । पहिरोको निरिक्षण गर्न जानुभएको मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले घटना बारे दुख ब्यक्त गर्दै क्षतिको मुल्यांकन गरि सहयोग गर्ने आस्वशन दिनुभयो । ब्यबशायीहरुलाई हत्तोसाहित नहुन आग्रह गर्दै नगरपालिका साथमा रहेको बताउनुभयो ।