मेलम्ची / ज्यामिरे साना किसान कृषि सहकारी संस्थाको छैठौं बार्षिक साधारणसभा सम्पन्न भएको छ ।

कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बर्षभरी भएका कमि कमजोरी र कामको मुल्यांकन गर्ने भनेकै साधारणसभामा भएकाले यस्ता कार्यक्रममा सबैजना उपस्थित हुनुपर्ने बताउनुभयो । उहाँले साधारणसभा बाट घर फर्कदा जस्ले प्रस्न गरे पनि उत्तर दिन सक्षम भएर जानुपर्ने बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका तामाङले संस्थाले कति लाभांस बाड्यो,कति सेयर पुँजी छ भन्ने बारेमा सदस्यहरुले चासो दिनुपर्ने बताउनुभयो । ज्यामिरेवासिलाई अहिले कर्जा लिन पैसा जम्मा गर्न मेलम्ची बजार सम्म जान नपर्ने भएको भन्दै सहज महशुस भएको उहाँको भनाई थियो । उहाँले सम्पुर्ण सेयर सदस्य हरुलाई अझ उत्कृष्ट कार्य गर्दै मेलम्चीको १ नम्बर सहकारी बनाउन शुभकामना ब्यक्त गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथि मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानले सहकारी संस्थाले सदस्यता वृद्धि मा जसरी अगाडि बढेको छ त्यसैगरी अगि बढ्न आग्रह गर्नुभयो । सहकारिमा जम्मा भएको रकम अनावश्यक रुपमा भन्दापनी केही व्यावसायिक रुपमा खर्छ गर्न उपप्रमुख प्रधानले सुझाव दिनुभयो । सहकारी बाट महिला ससक्ती करण लगाएतको कार्यक्रम हरु संचालन गर्न जरुरी रहेको भन्दै संस्थाले यस्ता कार्यक्रमहरु संचालन गर्ने बिश्वास समेत ब्यक्त गर्नुभयो । सहकारी बाट ऋणलिए पछि समयमानै ऋण फिर्ता गर्न सेयर सदस्यहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा संस्थाका सचिव धर्मराज खड्काले बार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने जेष्ठ सदस्यहरुकर्म तामाङ र नेत्रकुमारी गिरि एसईइ २०८० मा उत्कृष्ट अंक ल्याउने स्वस्तिका खनाल, असल ऋणी तेजबहादुर बिष्ट, कालुमान तामाङ,असल बाल बचत सोनि गिरि लगायतलाई सम्मान गरिएको थियो । ९२७ जना शेयर सदस्य रहेको सहकारीको २ करोड ९४ लाख बराबरको आम्दानी तथा खर्च विवरण पेश भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार