पाँचपोखरी । थाङपालधाप साना किसान कृषि सहकारी संस्थाको छैटौं साधारणसभा पाँचपोखरी थाङ्पाल गाउँपालिका वडा नम्बर ६ टारमा सम्पन्न भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाको प्रमुख आतिथ्यमा गाउँपालिका सभाहलमा साधारणसभा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष टासी लामाले सहकारी भनेको किसानहरुको बैंक भएकाले यसको छुट्टै महत्त्व रहेको बताउनुभयो ।
अध्यक्ष लामाले सदस्यहरुको वृद्धि विकासमा जोड दिनुनै सहकारीको मुख्य उदेश्य रहेकाले सहकारीलाई आफ्नो मुल्य मान्यता र विधिमा चलाउन आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि लामाले सदस्य हरुको छोराछोरीको पठनपाठन लगायत क्षमता र नेतृत्व विकासमा समेत ध्यान दिन आग्रह गर्नुभयो । देशमा ठुला ठुला सहकारीहरु विधिमा नचलेकै कारण अहिले डुबेको समाचारहरु आइरहेको भन्दै सहकारीलाई विधिमा चलाउन आग्रह गर्नुभयो । अध्यक्ष लामाले सहकारीको भवन निर्माणका लागी गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
गाउँपालिकामा ४४ वटा सहकारी रहेको उल्लेख गर्दै साना किसान कृषि सहकारीले किसानका क्षेत्रमा उल्लेख्य कामगर्नुपर्ने उहाँको भनाई थियो । गाउँपालिका भरि किसानले उत्पादन गरेका तरकारीको संकलन गर्ने गरि काम गरिने भन्दै किसानलाई ब्यबशायीक बन्न आग्रह गर्नुभयो । कार्यक्रममा सल्लाहकार समितिका संयोजक माधव पाण्डेले सहकारीमा लगानी गरिसके पछि सहकारीले के गर्दै छ रु के के मा लगानी गर्योरुभनेर विशेष चासो दिन सुझाउनुभयो । हामीले हाम्रो लागी र हामि द्वारानै संचालित हुनेभएकाले पनि सहकारी संस्थाको लोकप्रियता रहेको उहाँले बताउनुभयो । राज्यको ३ खम्बे अर्थनीति अनुसार सहकारी पनि एउटा खम्बा भएकाले समुदायमा आधारित कार्यक्रमहरु संचालन गर्नका लागी र समुदायलाई समृद्ध बनाउनका लागी सहकारीको भुमिका महत्त्वपूर्ण हुने बताउनुभयो ।
सहकारीका पूर्व अध्यक्ष शिशिर वाइबाले सहकारीका शेयर सदस्यले कुनै योजना बनाएर आएमा सहकारीले लगानी गर्नुपर्ने बताउनुभयो । उहाँले ठुलो संघर्ष बाट सहकारी यो स्थान सम्म आएको भन्दै अझै मिहेनत गर्नपर्नेमा जोड दिनुभयो । सकारात्मक सोच र सकारात्मक दृष्टिकोण बाट हेरेमा हरेका ठाउँमा अनेक संभावना देखिने भन्दै वाइबाले ज्ञाम सिपको आवश्यक परेमा संस्थालाई सुझाव दिन आग्रह गर्नुभयो । उहाँले आएका सुझावको आधारमा योजना बनाएर अगाडी बढ्न सजिलो हुने बताउनुभयो । कार्यक्रममा वडा नम्बर ६का वडा अध्यक्ष नारायण भट्टराई,सहकारी शाखाका प्रमुख धूर्व लामिछाने,सुर्यबहादुर अधिकारी लगायतले सुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा असल ऋणि,असल बचतकर्ता, बाल बचत लगायतलाई सम्मान गरिएको थियो भने शेयर लाभांस वितरण गरिएको थियो । कार्यक्रममा कलाकार सुर्यमणी आचार्य,आशा लामा लगायतले आफ्नो प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा संस्थाको आगामी कार्यक्रम सहकारीका अध्यक्ष बाबुराम पौडेलले प्रस्तुत गर्नुभएको थियो भने आर्थिक प्रतिवेदन सहकारीकी प्रबन्धक प्रतिज्ञा पौडेलले प्रस्ततु गर्नुभएको थियो । ६८३ शेयर सदस्य रहेको सहकारीको शेयर रकम ५८ लाख ९८ हजार ५ सय रहेको छ । सहकारीको साधारण जगेडा कोषमा ३० लाख ६५ हजार र अन्य जगेडा कोषमा ८ लाख ४५ हजार ७४४ रुपैयाँ रहेको सहकारीका प्रबन्धक प्रतिज्ञा पौडेलले जानकारी दिनुभयो ।