सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्रिकेट संघले ओ लेभेल अम्पाइरिङ्ग र ओ लेभेल कोचिङ्ग कोर्षमा सिन्धुबासि ६ जना लाई सहभागी गराई आफ्नो प्राबिधिक पक्षलाई बलियो बनाउन शुरुवात गरेको छ । काठमाडौँ जिल्ला क्रिकेट संघलाई बिशेष अनुरोध गरि भदौ २९,३० र ३१ गते संचालन गरेकोे ओ लेभेल एम्पारिंग कोर्षमा सहभागीता गराएको हो ।
यस्तै यहि असोज १५ र १६ गते संचालन गरेकोे ओ लेभेल कोचिङ्ग कोर्षमा समेत जिल्लाको ३ जना क्रिकेट खेलाडीलाई समावेश गरि जिल्लामा क्रिकेटलाई थप बलियो बनाउन लागिएको जिल्ला क्रिकेट संघ सिन्धुपाल्चोकले जनाएको छ ।


आगामी दिनमा सिन्धुपाल्चोक क्रिकेटको गतिबिधिमा संलग्न भई सहयोग पुर्याउन सक्ने ३ जनालाई काठमाडौँ जिल्ला क्रिकेट संघले आयोजना गरेको ओ लेभेल कोचिङ्ग कोर्षमा सहभागि गराएको जिल्ला क्रिकेट संघ सिन्धुपाल्चोकका सचिव अजय धितालले जानकारी दिनुभयो । जिल्ला क्रिकेट संघ सिन्धुपाल्चोक तदर्थ समितिले हाल सम्म नेपाल क्रिकेट संघको आधिकारिकता नपाएको नभएकाले यस्ता तालिमहरुमा विशेष महत्वका साथ सहभागीता जनाउने गरेको सचिव धितालले बताउनुभयो । यस्ता तालिममा खेलाडी हरुलाई सहभागि गराउँदै आफ्नो प्राबिधिक पक्षलाइ बलियो बनाउन प्रयत्न गरिएको क्रिकेट संघ सिन्धुपाल्चोकले जनाएको छ ।


सिन्धुपाल्चोक जिल्ला क्रिकेट संघले जिल्लामा समेत क्रिकेटका विविध गतिविधिलाई प्राथमिकताका साथ सञ्चालन गरिरहेको छ । विगतमा ग्रेट हिमालय क्रिकेट एकेडेमीको समन्वयमा सिन्धुपाल्चोकमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयका खेल शिक्षक (प्रशिक्षक) हरूको दुई दिने विद्यालय क्रिकेट प्रशिक्षक प्रशिक्षण तथा अनुशिक्षण कार्यक्रम गरेको सघंले खेलाडी तथा प्रशिक्षकहरुलाई विभिन्न तालिम तथा प्रतियोगितामा सहभागिता गराउँदै आएको छ ।


जिल्ला क्रिकेट संघले ग्रासरुट क्रिकेट विकासको पहिलो खुड्किलोे विद्यालय भएकाले विद्यालयबाट नै क्रिकेटको सुरुवात गर्नुपर्ने र शिक्षकले त्यो गर्न सक्ने भएको हुँदा यस्तो प्रशिक्षण सञ्चालन गरेको जिल्ला क्रिकेट संघका उपाध्यक्ष राजन धितालले जानकारी दिनुभयो । हरेक विद्यालयका खेल शिक्षकहरुलाई बंगलादेशका कोचहरुद्धारा प्रशिक्षण गराएको सघंले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ । जिल्लाका क्रिकेटका खेलाडीहरुलाई प्रशिक्षणमा सहभागी गराएकोमा क्रिकेट सघं सिन्धुपाल्चोकका अध्यक्ष विजय धितालले काठमाडौं क्रिकेट सघंलाई विशेष धन्यवाद ब्यक्त गर्नुभएको छ । उहाँले आगामी दिनमा समेत यस्तै सहयोगको अपेक्षा रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार