इन्द्रावती/ श्री नौली महादेव महिला विकास बचत तथा सहकारी संस्था लिमिटेड को १४ औं वार्षिक साधारणसभा सम्पन्नभएको छ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै गाउँपालिकाका उपाध्यक्ष शोभाना तामाङले संस्थालाई यहाँ सम्म ल्याउन महत्त्वपूर्ण योगदान गरेका हरुलाई धन्यवाद दिनुभयो। यो संस्थालाई १४ औ वर्ष सम्म ल्याउन योगदान गर्नेहरुलाई धन्यवाद दिनुभएको छ । महिलाले आफ्नो भविष्यको लागि बचत गर्ने कुरा अत्यन्तै महत्त्वपूर्ण रहेकाले बचत गर्ने बानि बसाल्नुपर्ने बताउनुभयो ।
उपाध्यक्ष तामाङले नौली महिला सहकारीमा धेरै मेहनत गरेर रकम बचत गर्ने महिला हरुलाई अनावश्यक ठाउँमा खर्च नगर्न अनुरोध गर्नुभयो। महिलाहरुले धेरै दुःख कष्ट गरेर सहकारीमा पैसा जम्मा गरेकोले भविष्यको लागि सोच्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले संस्थामा शेयर बढाउनुपर्ने आवश्यकता देखेको औल्याउँदै प्रतिफल दिने काम मात्रै ऋण लागनी गर्न अनुरोध गर्नुभयो।
इन्द्रावती गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले आगमी दिनमा पनि संस्थाको प्रगतिको कामना गर्दै ऋण लिएर अनावश्यक ठाउँमा प्रयोग नगर्न अनुरोध गर्नुभयो।
उहांंले उत्पादनमुलक क्षेत्रमा लागानी गरे मात्रै आर्थिक प्रगतिको पाटो बलियो हुने भएकाले उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । सहकारी सबैको साझा संस्था भएकोले यसलाई सुदृढीकरण गर्न गर्न आफू लगायत वडा नम्बर ४ सधै तयारी अवस्थामा रहेको बताउनुभयो।
संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत व्यवस्थापक लक्ष्मीदेवी कोइरालाले प्रस्तुत गर्नुभएको हो भने आर्थिक प्रतिवेदन संस्थाकै कोषाध्यक्ष सावित्री गजुरेलले प्रस्तुत गर्नुभएको थियो । संस्थाका पुर्व अध्यक्ष सानुकान्छी रानामगरले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो।
संस्थामा ८०३ जना सदस्य आवद्ध रहेका छन। कार्यक्रममा धेरै शेयर लागानी गर्ने सदस्य लक्ष्मी खनाल र माया तामाङलाई दोसल्लो ओढाएर सम्मान गरिएको थियो। संस्थाले मनोविमर्श शिक्षा व्यवस्था पनि गरेको छ भने विपत्ति एवम् विभिन्न रोगले ग्रसित महिलाहरुको उपचारका लागि पनि आर्थिक सहयोग गरेको छ ।
साधारणसभा मा CDECF का प्रतिनिधि मधुसूदन सापकोटा नेपाल इन्भेस्टमेन्ट मेघा बैंक नवलपुर शाखाका प्रमुख राजन श्रेष्ठ र निर्धन उत्थान बैंक प्रमुख शचितानन्द माझी र कलश बचत तथा ऋण सहकारी संस्थाका प्रमुख बुद्धि प्रसाद आचार्य र इन्द्रावती महिला संजाल समितिका अध्यक्ष दया कुमारी मिश्रले शुभकामना मन्तव्य राख्नुभएको थियो।
कार्यक्रमको समापनमा “समुन्नत भविष्यको लागि बचत आपसी हितको लागि सहकारीमा बचत गर्ने बानी गरौ आजै देखि जानी“ भन्ने उदेश्यले सहकारी संचालन भएको संस्थाको अध्यक्ष सन्चमाया तामाङले बताउनुभयो।
इन्द्रावती गाउँपालिका कि उपाध्यक्ष शोभाना तामाङको प्रमुख आतिथ्य तथा इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाल र इन्द्रावती गाउँपालिका वडा ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङ को विशेष आतिथ्यमा संस्थाको कार्यालय नवलपुर मा साधारणसभा सम्पन्न भएको हो।